[review]
लन्डन ३० सेप्टेम्बर २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका नेपालीका लागि चन्दा संकलन सुरु गरेको छ ।
प्राकृतिक विपदका समयमा मातृभूमि रुँदा आफूहरुको पनि मन रोएको उल्लेख गर्दै एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्न सबै बेलायतवासी नेपालीहरुलाई अपिल गरेका छन् । सहयोग अभियान अध्यक्ष गाहामगरले ३० पाउन्ड, एनआरएनए अभियन्ताहरु डेभिड गुरुङले ३० पाउन्ड र अनिल मल्लले ३० पाउन्ड दान गरेर थालनी गरिएको छ ।
अध्यक्ष गाहामगरले चन्दा सिधै पीडितहरुलाई दिने र रकम पारदर्शीरुपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने प्रतिबद्धता जनाएका छन् । ‘हामीले नेपाल सरकारलाई होइन, तपाईंले प्रदान गरेको चन्दा छिट्टै पीडितहरुलाई नै दिने प्रण गर्दछौं । संकलित रकम पारदर्शी रुपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने प्रतिवद्धता पनि दिन चाहन्छौं,’ अपिलमा लेखिएको छ ।
बैंक तथा गो फण्डमीमार्फत आर्थिक सहयोग गर्न सकिने अध्यक्ष गाहामगरले बताए ।
गो फण्ड लिङ्क:
https://gofund.me/535e9185
आर्थिक सहयोगका लागि बैंक विवरण:
Name: NRNA UK
SORT CODE:08-71-99
ACCOUNT NO 11156682
Ref: NepalFlood 24
बाढीपहिरो र डुबानमा परी सोमबारसम्म नेपालभर २ सयभन्दा बढीको मृत्यु भएको छ । दर्जनौं बेपत्ता र घाइते भएका छन् ।







