विपद्‌मा परेका नेपालीलाई एनआरएनए यूकेले १५ लाख दिने, आर्थिक संकलन समिति गठन

SHARE:


लन्डन २ अक्टोबर २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण नेपालका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरुलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सोमबार साँझ बसेको आकस्मिक बैठकले नेपालका बाढी पीडितहरुको लागि सो सहयोग गर्ने निर्णय गरेको हो । संघले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाख पछि थप गर्दै जाने निर्णयसमेत गरेको महासचिव गोविन्द खरेलले जानकारी दिए । बैठकले उपाध्यक्ष सुरेश परियारको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ ।

बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिम्खडा, यूरोप क्षेत्रीय उपसंयोजक महेश अधिकारी, आईसीसी सदस्यहरु चिरन शर्मा, विष्णु चालिसे, दिलराज गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारी तथा सदस्यहरु, स्कटल्याण्ड राज्य परिषद्‌का अध्यक्ष दिवाकार पाण्डे, इंल्याण्ड राज्य परिषदका अध्यक्ष शम्भु अर्याल समेतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!