किरात याक्थुङ चुम्लुङ यूके, ग्रेटर रसमुरले १९ अक्टोबरमा बलिहाङ तङनाम मनाउने

SHARE:

लन्डन ५ अक्टोबर २०२४ । बेलायतमा बलिहाङ तङनाम तथा भेटघाट कार्यक्रम भव्य रूपमा मनाइने भएको छ ।

किरात याक्थुङ चुम्लुङ यूके, ग्रेटर रसमुर शाखाको आयोजनामा Owlsmoor Community Centre, Yeovil Rd मा कार्यक्रम हुने भएको हो ।

१९ अक्टोबरमा २०२४ मा हुने कार्यक्रममा चर्चित गायिका गंगा फियाक  र गायक ब्रबिम सेर्माको बेजोड प्रस्तुति रहने छ । साथमा अन्य विविध सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

कार्यक्रममा प्रवेश शुल्क बालबालिका र ज्येष्ठ नागरिकलाई १५ पाउन्ड तथा अन्यलाई २५ पाउन्ड तोकिएको छ ।

कार्यक्रमको अन्य आकर्षणका रूपमा लंगुर बुर्जा खेल, मौलिक तोङ्‍वा, खानासँग पानी नि:शुल्क, उचित मूल्यमा पेय पदार्थ, च्याब्रुङ नाच, देउसी भैलोसहित अन्य रोमाञ्चक खेलहरू रहनेछन् ।

कार्यक्रममा उपस्थित भएर मनोरञ्जन लिन र सफल बनाउन सम्पूर्ण ग्रेटर रसमुरबासीलाई चुम्लुङले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!