बेलायतमा २७ अक्टोबरमा तिहार/ बलिहाङ तङ्नाम विशेष कार्यक्रम, को को छन् कलाकार ?

SHARE:


लन्डन १५ अक्टोबर २०२४ । बेलायत यही २७ अक्टोबरमा तिहार/ बलिहाङ तङ्नाम विशेष कार्यक्रम हुने भएको छ ।

पाँचथर समाज सेवा यूकेको आयोजनामा मिट एन्ड ग्रीटका साथमा सांगीतिक प्रस्तुतिलगायत कार्यक्रम हुन लागेको हो । पाँचथर समाज सेवा यूकेकी अध्यक्ष शान्ति लिम्बूले नेपालबाट बेलायतमा सांगीतिक यात्रामा आएका पहिचानवादी पाँचथरे लोकप्रिय गायक ब्रबिम शेर्मा, मीठो स्वरकी धनी गायिका अमृता लिम्बू र गंगा फियाकहरुलाई मिट एन्ड ग्रीटका साथमा केही सालदेखि बेलायतमै रहेका नेपाली ताराको उपविजेता तारा लम्सम, नवमोडेल दीपा लिम्बूलगायतले सांगीतिक कोसेली पस्किने बताइन् ।

कार्यक्रम अल्डरसटस्थित सुसी मोटोमा हुनेछ । दिउँसो २ देखि राति ८ बजेसम्म तोकिएको कार्यक्रमको उद्घोषण पारु राईले गर्नेछिन् । उक्त कार्यक्रममा सहभागी हुन अध्यक्ष शान्तिले बेलायतमा छरिएर बसेका सम्पूर्ण नेपालीहरुलाई निमन्त्रणा गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!