युके आइपुगे मेयर हर्क साम्पाङ, एयरपोर्टमा भव्य स्वागत

SHARE:


लन्डन १८ अक्टोबर २०२४ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दुई हप्ते भ्रमणको लागि परिवारसहित युके आइपुगेका छन् । उनको यो भ्रमणको मुख्य उद्देश्य धरानको चिन्डेडाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाको आर्थिक सहयोग संकलन अभियानलाई अघि बढाउनु हो।

मेयर साम्पाङ बिहीबार मध्यराति हिथ्रो एयरपोर्ट आइपुगेका हुन् । एयरपोर्टमा उनको स्वागतका लागि धरान समाज युके, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति युके, किरात राई यायोक्खा युके, एनआरएनए युके, गोर्खा नेपाली समाज मेडवे, किरात बान्तावा खिम युके, किरात साम्पाङ राई जुम्लेखा युके लगायतका संघ संस्था आबद्ध प्रमुख तथा प्रतिनिधि, पत्रकार र समाजसेवीहरू हिथ्रो विमानस्थल पुगेका थिए ।

धरान समाज युकेका अध्यक्ष रमेश लिम्बु, कार्यक्रम संयोजक उपाध्यक्ष भास्कर राईसहित सम्पूर्ण कार्यसमिति,
किरात राई यायोक्खा युकेका डा. महा राई, किरात साम्पाङ राई जुम्लेखा युकेका अध्यक्ष शिव राई, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति युकेबाट भगवान चाम्लिङ, गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङलगायतले मेयर साम्पाङलाई खादा र माला अनि पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकारी गर्दै मेयर साम्पाङले आफूलाई स्वागत गर्ने सबैलाई धन्यवाद र आभार प्रकट गरे । त्यसक्रममा धरानको सम्पूर्ण परियोजनाहरुमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत उनले दिए ।

मेयर साम्पाङलाई श्रम संस्कृतिका प्रवर्तकको रुपमा अत्यन्तै चर्चित र लोकप्रिय नेताको रुपमा मानिन्छ । उनी आलोचकहरूबाट आलोचित भए पनि जनताबीच सत्य बोल्न नडराउने एक दृढ नेता हुन् । सामाजिक संजालमा सधैं सक्रिय रहने मेयर साम्पाङ्गका हरेक पोस्टमा सकारात्मक र नकारात्मक दुबैखाले प्रतिक्रियाहरु देखिन्छन्।

उनको भ्रष्टाचारविरुद्धको अडान पनि विशेष चर्चा पाएको छ, जहाँ उनले एक पैसा पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा सदाका लागि धरान छोड्ने घोषणा गरेका थिए । उनका हरेक स्टाटसले चेतना छरिरहेको हुन्छ, “म जहाँ गए पनि एउटा आवाज बनेर जानेछु ! म जहाँ भए पनि एउटा आवाज बनेर बाँच्नेछु ! सुतेकालाई जगाउनु र सही मार्गमा लगाउनु मेरो स्वभाव हो !”

युके भ्रमणको क्रममा मेयर साम्पाङ्गले विभिन्न शहरका मेयरहरूसँग भेटघाट, संसद भवनको भ्रमण र अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन् ।

तपाईंको स्वागतमा यत्रो मान्छे उपस्थित हुनुको कारण के होला ? भन्ने प्रश्नको जवाफमा, इमान्दार भएकैले विदेशमा पनि स्वागत गर्न उर्लिनु भएको होला भन्दै धन्यवाद दिँदै इमान्दारिताको खडेरी परेको प्रति व्यंग्य गरे । राष्ट्रिय राजनीतिमा कहिले देख्न पाइएला भन्ने प्रश्नको जवाफ अब छिट्टै भन्ने सटिक जवाफ थियो मेयर साम्पाङको । युके भ्रमणको सम्पूर्ण कार्यक्रम सकेर मेयर साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

  1. -भूमिराज राई
    मेडवे केन्ट युके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!