
लन्डन २० अक्टोबर २०२४ । सगरमाथा गोर्खा नेपाली समाज आसफोर्डले पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ ।
दुई दशकको योगदानको कदर गर्दै पूर्वअध्यक्षहरुलाई एक कार्यक्रमबीच मायाको चिनोसहित वर्तमान अध्यक्ष अध्यक्ष डम्मर सिंगक लिम्बुले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष श्रीप्रसाद लिम्बु, दोस्रो अध्यक्ष किशोर गुरुङ, तेस्रो अध्यक्ष सन्तोष घले, चौथो अध्यक्ष गोम्बा शेर्पा, पाँचौ अध्यक्ष नरेन्द्रकुमार लिम्बु, छैटौं अध्यक्ष पोपिराज राई, सातौं अध्यक्ष श्री तेम्बे (लिम्बु), आठौं अध्यक्ष भास्कर तितुङ, नवौ अध्यक्ष चक्रबहादुर राई र दसौं अध्यक्ष कप्रसाद छन्त्याल रहेका छन् ।
सम्मानपछि पूर्वअध्यक्षहरुले आफू सँगसँगै काम गर्दै आएका साथीहरुलाई विशेष धन्यवाद व्यक्त गरेका छन् । उनीहरुले आसफोर्डवासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरु र युवा वर्गले सबैको कार्यकालमा बिशेष हात, साथ र सहयोग गरेको स्मरण गरे ।
यस्तै सम्मान पाउँदा सदा माया स्नेह, हौसला दिने सम्पूर्ण व्यक्तिहरुसँग ॠणि भएको कुरा पूर्वअध्यक्षहरुले राखेका थिए । उनीहरुले कार्यसम्पादनको क्रममा भएका प्रतिकुल सम्पर्क तथा असहजताप्रति पनि क्षमायाचना गरेका छन् ।
वर्तमान अध्यक्ष डम्मर लिम्बुले विगतमा जस्तै आगामी दिनहरुमा पनि पूर्वअध्यक्ष र सबै सरोकारवालाबाट साथ सहयोगको आशा व्यक्त गरे । उनले विभिन्न संघ संस्थाका साथीभाइ, इस्टमित्र र आफन्तजनबाट दुई दशकसम्म निरन्तर साथ, सहयोग पुर्याउँदै आएकोमा सबै पूर्वअध्यक्षहरुको तर्फबाट आभार व्यक्त गर्न गरेका थिए ।
सगरमाथा गोर्खा नेपाली समाज आसफोर्ड सन् २००४ सालमा स्थापना भएको हो ।







