तमु धीं युकेको ‘आजीवन सदस्य रात्रिभोज कार्यक्रम’ भव्य, राजन र रेजिनाको सांगीतिक धमाका

SHARE:


लन्डन २० अक्टोबर २०२४ । तमु धीं युकेको वार्षिक कार्यक्रमअन्तर्गत ‘आजीवन सदस्य रात्रिभोज कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ ।

शनिबार १९ अक्टोबर २०२४ (२०८१ कात्तिक ३ गते) अल्डरसटस्थित एम्पायर हलमा आदर्श तमु, तमुस्यो अवार्ड वितरण, नयाँ आजीवन सदस्यलाई स्वागत, बेस्ट गुरुङ ड्रेस अवार्ड (महिला र पुरुष) लगायत कार्यक्रम गरी उक्त रात्रिभोज सम्पन्न भएको हो । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको लाइफ मेम्बर डिनर नाइटमा कार्यक्रममा स्वागत मन्तव्य तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक जुमकाजी गुरुङले दिएका थिए ।

खुसीमान गुरुङ, क्या प्रेमबहादुर गुरुङ, सूर्य गुरुङ, हिरा गुरुङलाई आदर्श तमु अवार्ड र ध्रुवा गुरुङलाई आदर्श तमुस्यो प्रदान गरिएको थियो ।

कार्यक्रम सञ्चालन कार्यवाहक महासचिव डा. विशाल गुरुङले गरेका थिए । प्रमुख अतिथि विपिन दुवाडी, अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष एवं एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ,  तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर योज तमु, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक जुमकाजी गुरुङलगायतले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा विविशा गुरुङले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने नेपालबाट आएका चर्चित कलाकारहरु राजन गुरुङ, रेजिना परियारले लोकप्रिय गीतहरु गाएका थिए । साथै तमु धींबारे डकुमेन्ट्री देखाइएको थियो । सांस्कृतिक कार्यक्रम सचिव विमल गुरुङले सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले मन्तव्य राखेका थिए ।

राफल ड्रमा प्रथम पुरस्कार न्यू लक्ष्मी ज्वेलर्स अल्डरसटले प्रायोजन गरेको थियो । उक्त पुरस्कार नेपालबाट आएका गायक राजन गुरुङकी श्रीमतीले प्राप्त गरिन् ।

अन्त्यमा अध्यक्ष हरि गुरुङले कार्यक्रम सफल पारिदिएकोमा उपस्थित अतिथिहरु र सहभागी तथा कार्यसमितिलाई धन्यवादसहित कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!