तुलचन्द्र तिलिजा
लन्डन २१ अक्टोबर २०२४ । बेलायतस्थित नेपाली दूतावासका तृतीय सचिव झुपलाल पुन र उनका परिवारलाई पुन मगर समाज यूकेले स्वागत गरेको छ ।
समाजका अध्यक्ष बल पुर्जाको अध्यक्षतामा आयोजित कार्यक्रममा तृतीय सचिव झुपलाललाई स्वागत गरिएको थियो । कार्यक्रमको विशेष अतिथिमा मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष लाल पुनमगर रहनु भएको थियो ।
संस्थाका सचिव तुलचन्द्र तिलिजाले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष बल पुर्जाले नै समाजको परिचय पूर्वअध्यक्ष तेज पुनमगरले दिएका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष बिल पुर्जाले नेपाली टोपी, पगडी र खादा लगाएर सम्मान गरेका थिए ।
समाजकी महिला अध्यक्ष मिनकुमारी पूर्जाले सचिवको आमा र श्रीमतीलाई टाटन ओढाएर स्वागत सम्मान गरेकी थिइन् । समारोहमा उपस्थित सदस्यहरुले पुन मगर समाजको लोगो भएको खादा लगाएर स्वागत सम्मान गरेका थिए ।








