बेलायतमा ‘नर्थहोल्ट टेन के रन’ सम्पन्न, बैकुण्ठ मानन्धर र हर्क साम्पाङ सहभागी

SHARE:


लन्डन २८ अक्टोवर २०२४ नेपालको तर्फबाट चार पटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उपस्थितिमा सम्पन्न भएको छ ।

नर्थला पार्क, नर्थहोल्टमा आइतबार बिहान आयोजित ‘नर्थहोल्ट टेन के रन’ मा ३८० भन्दा बढी धावक सहभागी भएको कार्यक्रम संयोजक सन्तोष राईले जनाए । कार्यक्रमको शुरुमा इलिङ्ग नर्थबाट निर्वाचित लेबर साम्सद जेम्स मरीले शुभकामना दिएका थिए। दौडमा नेपाली बाहेक अन्य समुदायका धावकहरु पनि सहभागी थिए। पुरुषतर्फ इलियास अहमदले ३९ मिनट २९ सेकंडमा १० किमि दौड पुरा गरेर पहिलो भए भने महिलातर्फ फ्रान्सेस्का बुटले ३९ मिनट ४४ सेकन्डमा पुरा गरेर पहिलो भइन्।

बिहान ९ बजे केटाकेटीका लागि ‘चिल्ड्रेन टु के फन रन’ पनि आयोजना गरिएको थियो । फार्नबराबाट आएका स्कुले छात्राहरुले धावकहरुलाई पानी पिलाउने, फोहर उठाउने जस्ता काम गरेका थिए। रनको प्रमुख प्रायोजन ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले गरेको थियो । अन्य प्रमुख सहयोगी संस्थाहरुमा रियल ड्रिम्स एडुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट , मेक्सवर्थ एकाउन्टेन्ट्स, मम हाउस ३६५, सह प्रायोजकहरुमा एसएनपी प्लस एकाउन्टिंग, किरात राइ यायोक्खा , गोर्खा किचेन लगायत थिए । कार्यक्रममा नेपाली खानाको फुड स्टल पनि थियो ।

समुदायमा स्वास्थ्य र तन्दुरुस्ती को चेतना जगाउने, नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धन गर्ने, नेपाली खेलाडीहरुलाई सहयोगसाथै बैकुण्ठ मानन्धरले सुरु गरेको जुम्लामा ‘हाइ अल्टिच्युड ट्रेनिङ्ग क्याम्प’ बनाउन र गोर्खा वेलफेयर ट्रस्टलाई सहयोग गर्ने उद्देश्य रहेको संस्थापक मध्यका एक पदाधिकारी जगन कार्कीले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!