एटा संवाददाता
मिचेट । तमुधिं युकेले भुगोलविद एवं पर्यटनविद स्व. डा. हर्क गुरुङ र वातावरणविद् स्व. डा. चन्द्र गुरुङप्रति भावपूर्व श्रद्धाञ्जली व्यक्त गरेको छ ।
गत शनिबार २२ सेप्टेम्बरका दिन मिचेटस्थित तमुधिं भवनमा उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न आयोजित स्मृति सभामा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङलगायतले उनीहरुको फोटोमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली दिइएको हो ।
तमुहरुको बाक्लो उपस्थिति रहेको सो सभामा तमु अग्रज लोक गुरुङले डा. हर्क गुरुङको बारेमा बोलेका थिए भने सल्लाहकार एकेन्द्र गुरुङले डा. चन्द्र गुरुङको बारेमा जानकारी दिएका थिए ।
सन् १९३९ सालमा लमजुङमा जन्मिएका डा. हर्क गुरुङ र सन् १९४९ सालमा कास्कीमा जन्मिएका डा. चन्द्र गुरुङको सन् २००६ सेप्टेम्बर २३ का दिन ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न स्मृति सभालाई महासचिव कृष्णप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।






