ग्रेटर रसमुर नेपाली कम्युनिटीद्वारा ‘इन्फरमेसन डे’ को आयोजना

SHARE:

एटा संवाददाता
अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटीद्वारा जानकारी दिवस (इन्फरमेसन डे) को आयोजना गरेको छ ।

नेपालबाट आउने नवआगन्तुक भूतपूर्व गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई बेलायतको रहनसहनबारे जानकारी गराउने उद्देश्यले गत बिहीबार २० सेप्टेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा जानकारी दिवस आयोजना गरिएको हो । कार्यक्रममा बेलायतको रहनसहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुविधालगायत विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरुको बाक्लो मात्रामा उपस्थिति थियो ।

ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेका उपाध्यक्ष नेम थापाको संयोजन, कार्यसमिति र सल्लाहकारको सहयोगले कार्यक्रम अहिलेसम्मकै सफल भएको कम्युनिटीका प्रवक्ता प्रमिला राईले दाबी गरिन् । कार्यक्रमलाई क्यान इन्टरनेश्नल र रसमुर बरो काउन्सिलले सहयोग गरेका थिए ।

कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो, रसमुर बरो काउन्सिल, स्थानीय प्रहरी, फ्रेम्लीपार्क अस्पताल, रसमुर हेल्थी लिभिङ्ग, १० क्युओजिएलआर, टकप्लस, हाउजिङ्ग, रसमुर फायर एण्ड रेस्क्यु सर्भिस, क्यान इन्टरनेश्नल, युके नेपाल फ्रेन्डसीप सोसाईटी र ग्रेटर रसमुर नेपाली कम्युनिटीलगायतले जानकारी दिएका थिए ।

त्यस्तै, काउन्सिल लिडर डेभिड क्लिफोर्डले सम्पूर्ण नवआगन्तुकलाई रसमुरमा स्वागत गरे । उनले नवआगन्तुकहरु आफ्नो परिवार भएको बताउँदै उनीहरुको भाषा, कला, संस्कृति, परम्परा र गहिरो पारिवारिक सम्बन्धबाट धेरै कुरा सिक्न पाएको बताए । साथै, उनले ग्रेटर रसमुर नेपाली कम्युनिटीले राखेको जानकारी दिनले यथेष्ठ जानकारी पाउने विश्वास व्यक्त गर्दै कम्युनिटीका अध्यक्ष जीव बेल्वासेलाई बिशेष धन्यवाद दिए ।

जेष्ठ नागरिकहरुको दैनिकी एवं बेलायती जीवनमा जान्नै पर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर आयोजना गरिएको कार्यक्रममा अध्यक्ष बेल्वासेले स्वागत मन्तव्य दिएका थिए भने उपाध्यक्ष एवं संयोजक नेम थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

करिब ५०० जनाको सहभागितामा भएको कार्यक्रममा कम्युनिटीका सिङ्गो कार्यसमिति, सल्लाहकारहरुको विशेष भूमिका थियो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष रामधन राई, उपाध्यक्ष रञ्जिता मल्ल, महासचिव मान गुरुङ, सल्लाहकारहरु क्याप्टेन वीर थापा, क्याप्टेन विष्णु श्रेष्ठ, क्याप्टेन केशर राना, स्वयम्सेवक मद्दत समूह, स्वयम्सेवक गोर्खा चौतारी, एम्पायर हलका प्रबन्धक पूरन गिरि र कर्मचारीहरुको समेत भूमिका रहेको प्रवक्ता राईले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!