तमुधिं युकेले गर्‍यो नेपाली मेलाको समीक्षा

SHARE:

एटा संवाददाता
अल्डरसट । तमुधिं युकेले दसौं नेपाली मेलाको समीक्षा गरेको छ । गत शनिबार २२ सेप्टेम्बरका दिन मिचेटस्थित तमुधिं भवनमा समीक्षा गरिएको हो । तमुधिं युकेले सन् २००९ सालदेखि प्रत्येक वर्ष नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले नेपाली मेलाको आयोजना गर्दै आएको छ ।

गत २६ अगस्टका लन्डनस्थित क्याम्पटन पार्कमा आयोजना गरिएको नेपाली मेलाको बारेमा छलफल गर्न आयोजित बैठकमा तमुधिं युकेका सल्लाहकार, आजीवन सदस्य, कार्यसमितिका पदाधिकारीहरुले मेलाको कमीकमजोरीहरु औंल्याउँदै विभिन्न सल्लाह, सुझाव र प्रतिक्रियाहरु दिए ।

सो समीक्षा बैठकमा दसौं नेपाली मेलाका संयोजक एवं तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङले मेलामा सहभागी संघसंस्था, पुरस्कार प्रायोजक, सहयोगदाता, अतिथि लगायतको बारेमा जानकारी दिएका थिए । त्यस्तै, कोषाध्यक्ष दिपक गुरुङले नेपाली मेलाको आयव्यय प्रस्तुत गरेका थिए ।

बैठकमा तमुधिं युकेका सचिव एवं लाईफ मेम्बर डिनर नाईटका संयोजक तुलाराम गुरुङले आगामी २७ अक्टोबरका बेलुकी अल्डरसटमा आयोजना हुन लागेको तमुधिं युकेको आजीवन सदस्यहरुको बिशेष उपस्थितिमा गर्न लागिएकोे लाईफ मेम्बर डिनर नाईटको तयारीबारे जानकारी दिएका थिए । साथै, उनले उपस्थितिका लागि सबैलाई अनुरोध गरे ।

बैठकमा नेपाली मेलामा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत बिशेष उपस्थिति रहेको थियो । उनीहरुलाई आयोजक तमुधिं युकेले सहभागिताको प्रमाणपत्र र चेक प्रदान गरे ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङले स्वागत मन्तब्य दिएका थिए भने महासचिव कृष्णप्रसाद गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!