साउथ इस्ट लन्डन इन्टेक १९८४ को समर पार्टी

SHARE:

देवी आले
लन्डन । साउथ इस्ट लन्डनका इन्टेक १९८४ का नम्बरीको समर भेटघाट कार्यक्रम भव्यसँग सम्पन्न भएको छ ।

आर्टलरी ब्यारेक विल्वीचमा गत सेप्टेम्बर १५ तारिखमा इन्टेक १९८४ का नम्बरीको समर पार्टी आयोजना गरिएको हो । औपचारिक कार्यक्रमको अध्यक्षता संयोजक दल प्रसादले गरेका थिए भने स्वागत मन्तव्य केशव रानाले राखेका थिए ।
साउथ इस्ट लन्डन वरिपरि बसोबास गर्ने नम्बरीहरुबीच २००७ देखि कार्यक्रम संयोजक दलप्रसाद थापाको सयोजकत्वमा हरेक समर र विन्टरमा गरी भेटघाट कार्यक्रम गर्दै आएको छ । धेरै टाढा–टाढाबाट पनि नम्बरीहरु सहभागी हुने गरेका छन् । गतवर्षदेखि ट्राइल वक तथा हाइकिङजस्ता पृथक् कार्यक्रम गर्न थालेको छ ।

कार्यक्रममा कोषाध्यक्ष तारा रानाले आय–व्यय सुनाएकी थिइन् । कार्यक्रम संयोजक एवं सभाध्यक्ष दलप्रसाद थापाले दुईभन्दा बढी घर किन्ने, छोराछोरीले ग्रेजुयसन, मास्टर्स गर्नेहरु र जागिर पाउने बाबु, नानीहरुलाई, छोराछोरीहरुको बिहे हुनेहरु, नाति नातिना पाउने र उनीहरुको आमा बाबालाई खादा ओढाइ सम्मान गरेका थिए । पार्टी सफल बनाउन मद्दत गर्ने सबैलाई धन्यवाद दिइएको थियो । कार्यक्रम सञ्चालन देवी आलेले गरेका थिए ।

औपचारीक कार्यक्रम सकिएलगत्तै याम पुनको कोर्डिनेटरमा सम्पूर्ण नम्बरीहरुबीच क्याप स्विङ भलिबल खेलेका थिए भने केटीहरुलाई होसबहादुर थापाले ‘डार्ट’ हान्ने खेल खेलाएका थिए । जसमा प्रथम पानु गुरुङ, द्वितीय स्थान श्रीफुली गुरुङ, तृतीय स्थान आशा थापा र भान्जीहरुमा अन्जु छन्त्यालले प्रथम स्थान हासिल गरेकी थिइन् । खेल आयोजना गर्नुको खास उद्देश्य मनोरन्जनाका साथ साथै एक्सर साइज पनि गर्नु रहेको आयोजकले बताएको छ । डिजेमा सूूर्य रानाले सबैलाई मनोरञ्जन गराएका थिए ।

लेडिजहरु लक्ष्मी थापा र इन्दिरा पुनले लक्की ड्र खेलाएका थिए र सयोजक दलप्रसाद थापा आफैं कार्यरत ब्यारेक भएकोले उनले भेन्यु निःशुल्क उपलब्ध गराउँदै आएका छन् । बिहानदेखि सुरु भएको समर भेटघाट कार्यक्रम राति ११ बजे सकिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!