एटा संवाददाता
लण्डन । लिड्स युनिभर्सिटीका प्रोफेसर डा. सूर्य सुवेदी QC, OBE, DPhil आफ्नो असाधारण यात्राको अनुभव सुनाउने भएका छन् । ब्रिटेन नेपाल लयर्स एशोसिएशन युकेको आयोजनामा आउँदो शनिबार ६ अक्टोबर दिउँसो २ बजे देखि ४ बजेसम्म लण्डनको एबिआई कलेजमा हुन गइरहेको एकल कार्यक्रम, ‘Professor Surya Subedi – a journey inspiring the next generation of Lawyers’ शिर्षकमा उनले बोल्ने भएका छन् ।
नेपालको लमजुङमा जन्मिएका डा. सुवेदी क्विन्स काउन्सल व्यारिष्टर नियुक्त भएका पहिलो नेपाली पनि हुन् । अन्र्तराष्ट्रिय कानूनका विज्ञका रुपमा परिचित रहेका डा. सुवेदीको असाधारण यात्रा वृत्तान्तले कानुनका विद्यार्थीहरुले मात्र नभै विभिन्न क्षेत्रका व्यक्तिहरुले उनीबाट प्रेरणा पाउन सक्ने ब्रिटेन नेपाल लयर्स एशोसिएशनका अध्यक्ष व्यारिष्टर देवेन्द्र श्रेष्ठले विश्वास व्यक्त गरे । उनले सीट सिमित भएको हुँदा ईच्छुक महानुभवहरुले कार्यक्रम संयोजक सोलिटर जिनिता पान्धकलाई j.pandhak@icloud.com मा ईमल गर्न अनुरोध गरेका छन् ।







