एनआरएनए यूकेको एकता अधिवेशन सफल पार्न ५२७ सदस्यीय मूल आयोजक समिति गठन

SHARE:

लन्डन – गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा हुन गैरहेको एकता अधिवेशन सफल पार्न ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।

एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन बहादुर क्षेत्री प्रमुख संयोजक रहेको उक्त समितिको सहसंयोजकमा अनिता राई, सिरी गुरुङ, जुरेन्द्र खाजुम, राम गलामी, धन तामाङ, नर्बु शेर्पा, भक्त दर्जी, क्याप्टेन बिष्णु श्रेष्ठ र सदस्य सचिवमा राजकुमार त्रिपाठी छन् ।

बेलायतका हरेक नेपाली संघसंस्थालाई प्रतिनिधित्व गर्ने सदस्यहरुको नामावली तल समावेश छ ।

‘एउटा पारदर्शी, एकताबद्ध तथा प्रजातान्त्रिक एनआरएनए बनाउने यो एउटा ऐतिहासिक अवसर हो। त्यसैले यूकेमा बसोबास गर्नु हुने भूतपूर्व गोर्खा समुदायलगायत प्रवासी नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई जति सक्दो चाडो एनआरएनएको सदस्यता लिन र महाधिवेशनमा भाग लिनको लागि नाम दर्ता गराउन हामी आग्रह गर्दछौं’- एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले भने।

गाहा मगरले एक विज्ञप्ति प्रकाशित गर्दै २३ मार्चमा हुन गैरहेको एनआरएनए यूकेको एकता अधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहयोगका लागि सबैलाई आग्रह पनि गरे।

गाहा मगरले सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गठित गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण खुला गरेकाले यथाशीघ्र सदस्यता लिन आग्रह गरे।

एनआरएनए यूकेको nrnauk.org/unity-convention वा उच्चस्तरीय समितिको www.nrnahlc.com वेबसाइटमा गएर एनआरएनएको सदस्य हुन योग्य गैर आवासीय नेपालीले सदस्यता नवीकरण वा नयाँ सदस्यता प्राप्तिका लागि आवेदन दिन पाउनेछन्। यूकेमा सदस्यता शुल्क निशुल्क गरिएको छ।

अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क उच्चस्तरीय समितिले तोके बमोजिम हुनेछ।

अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि समितिले आउँदो १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवदेन खोल्नेछ। यसअघि एनआरएनए यूकेको सदस्यता लिइसकेका सदस्यहरुलाई अधिवेशनमा भौतिक रुपमा उपस्थित भएर मतदान गर्न दिइने गाहामगरले जनाए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!