लन्डन । बेलायतमा सुनको मूल्य ओरालो लाग्न थालेको छ ।
अघिल्लो शनिबार २५ अप्रिलको तुलनामा सुन प्रतितोला ५० पाउन्ड घटेको छ । आइतबारका लागि तोलाको १४ सय पाउन्ड कायम भएको नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेले जनाएको छ ।
गत शनिबार सुन तोलाको १४ सय ५० पाउन्ड र चाँदी ४० पाउन्डमा कारोबार भएको थियो ।
आइतबार चाँदी तोलाको ३५ पाउन्ड कायम भएको छ ।






