मिलन तमु
अल्डरसट । तमु प्ये ल्हु संघ युके आमा समूहले हालै सम्पन्न भेटघाट कार्यक्रमको समीक्षा गरेको छ । गत आइतबार ३० सेप्टेम्बरका दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा आमा समूहको बैठक बसी सो भेटघाट कार्यक्रमको समीक्षा गरेको हो ।

तमु प्ये ल्हु संघ युकेको सामुदायिक भवन तथा क्होईबो धीं निर्माणका लागि जग्गा खÞरिद गर्नमा सहयोग गर्ने उद्देश्यका साथ गत ८ सेप्टेम्बरका दिन फार्नबोरोमा तमु प्ये ल्हु संघ युके आमा समूहले दिदीबहिनी भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । सोही भेटघाट कार्यक्रमको समीक्षा गर्न बैठक बसेको हो ।
बैठक आमा समूहकी अध्यक्ष विष्णु तमु अस्वस्थ रहेको कारणले उपाध्यक्ष टकमाया तमुको नेतृत्वमा बैठक बसेको थियो । बैठकमा उपाध्यक्ष टकमाया तमुले कार्यक्रमलाई सहयोग गरेका सम्पूर्ण प्रायोजकहरुलाई धन्यवाद दिएका थिए ।
आमा समूहकी सचिव बबिता प्हच्यु तमुले संचालन गरेको बैठकमा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मे.(रि) खुशीमान ल्हेगे तमु, उपाध्यक्षहरु र सल्लाहकारहरुको समेत बिशेष उपस्थित रहेको थियो ।
साथै, बैठकले अर्को वर्ष १७ अगष्ट २०१९ मा आमा समुहले ‘दिदीबहिनी भेटघाट कार्यक्रम’ को आयोजना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, आउँदो वर्षहरुमा अन्य सघंसस्थाका आमा समूहलाई पनि समेटेर लैजाने बैठकले निर्णय गरेको उपाध्यक्ष टकमाया तमुले जानकारी दिइन् ।






