
लन्डन ४ अप्रिल २०२५ । बेलायतमा आउँदो ३ मेमा १२ औं पाँचथर कप हुने भएको छ ।
पाँचथर समाज सेवा यूकेको आयोजनामा शनिबार ३ मे २०२५ दिन ह्यान्स्लोस्थित क्रानफोर्ड कम्युनिटी स्पोर्ट्स कलेज सेन्टरमा पाँचथर कप नाइन ए साइड फुटबल टुर्नामेन्ट हुन लागेको हो । खेल समय बिहान ९ देखि बेलुकी ७ बजेसम्म तोकिएको छ ।
खेल संयोजक संयोजक प्रताप तामाङ तोकिएका छन् । सहसंयोजकमा योगेन्द्र तावा र सन्देश नेम्बाङ रहेका छन् ।
खेलमा मुख्य टिम (१७ वर्षमाथिका), भेट्रान (३७ वर्षमाथिका), सुपर भेट्रान (४५ वर्षमाथिका) र महिला (१८ वर्षमाथि) टिमबीच प्रतिस्पर्धा हुने छ । आयोजकका अनुसार मुख्य टिमका विजेताले ट्रफी र १२ सय पाउन्ड, रनरअपले ट्रफी र ६ सय पाउन्ड पुरस्कार पाउनेछन् ।
भेट्रानका विजेताले ट्रफी र ८ सय पाउन्ड, रनरअपले ट्रफी र ५ सय पाउन्ड, सुपर भेट्रानका विजेता र रनरअपले क्रमश: ट्रफीसहित ६ सय र ४ सय पाउन्ड पुरस्कार पाउनेछन् । महिला टिमका विजेता र रनरअपलाई ट्रफी र नगद पुरस्कार दिइनेछ ।
टिम दर्ता यही अप्रिल २८ सम्म रहने छ । टिम दर्ता शुल्क २ सय ५० पाउन्ड तोकिएको छ ।






