सुमलकुमार गुरुङ
लन्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनले बृहत् स्पोर्टस् च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ ।
गत १८ अगस्टमा आयोजित च्यारिटी स्पोर्टस् कार्यक्रमबाट ३ हजार १४२ पाउन्ड रकम सङ्कलन गर्न सफल भएको दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनले जनाएको छ । संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङको नेतृत्वमा संस्थाले धेरै उदाहरणीय कार्य सम्पन्न गर्दै आएकों छ ।
बहुप्रत्तिक्षित संस्थाको भवन खरिद गरेपश्चात् द्रदू्रतगतिमा च्यारिटीका कार्यक्रम सम्पन्न गरेर भवनलाई ऋण मुक्त गर्ने दिशातर्फ लागेका छन् ।
कार्यक्रममा प्रवेश शुल्क तिरेपश्चात् बारबेक्यूलगायत नेपाली सबै परिकारका खाना तथा पेय पदार्थ खाना, पिउन र मनोरन्जनात्मक खेलकुदमा सहभागी हुने व्यवस्था आयोजकले मिलाएको थियो । कार्यक्रमबाट उठेको रकम संस्थाले किनेको भवनको ऋण तिर्ने, सो क्षेत्रमा डायमन्ड बुद्धिस्ट सेन्टरद्वारा बौद्ध गुम्बा निर्माण गर्ने अभियानलाई सहयोग र रोयल नेपालीज ग्रिनविच सोसाईटीद्वारा सञ्चालित नेपाली बालबालिकाहरूका नेपाली कक्षा पठनपाठनमासहयोग दिने संस्थाका अध्यक्ष गुरुङले प्रतिबद्धता जनाए । २९ सेप्टेम्बरमा संस्थाको भवनमा बसेको बैठकले सङ्कलित रकमबाट दुई सय पचास पाउन्डको हिसाबले डायमन्ड बुद्धिस्ट सेन्टर युकेको गुम्बा खरिद र रोयल ग्रिनविच नेपाली सोसाईटीद्वारा सञ्चालन गरिने नेपाली कक्षाका लागि पाँच सय पाउन्डको चेक संस्थाका अध्यक्षद्वय सुमलकुमार गुरुङ र हरिगोविन्द गुरुङलाई हस्तान्तरण गरिएको थियो ।






