चिम्खोले काईला – वेल्जियम
बुधवार २५ जुन २०२५ वेल्जियम। अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) को छैटौं सम्मेलन ११ बुंदे घोषणा पत्रसहित समापन भएको छ। समापन समारोह बेल्जियमको आनट्रप भन्ने शहरमा सम्पन्न भएको हो।
समापन समारोहको पहिलो चरणमा घोषणापत्र तयार गर्न डा. प्राध्यापक कबिता लामा, प्रतिमा केसी र मिरा कोइरालालाई जिम्मेवारी दिइएको थियो।
समापन समारोहको दोस्रो चरणमा अनेसास बोर्ड अफ ट्रष्टी (बिओटी) का सभापति पदम विश्वकर्माले संगठन, गतिबिधि, तथा संस्थागत विकाशको वारेमा पावर पोइन्ट प्रेजेण्टेसन प्रस्तुत गरेका छन भने अनेसास भने निवर्तमान अध्यक्ष गोबर्द्धन पूजाले सुझापपत्र पेश गरेका छन्।
समापन समारोहको तेस्रो चरणमा उत्कृष्ट च्याप्टर समितिका सदस्य तथा निवर्तमान अध्यक्ष गोबर्द्धन पूजाले उत्कृष्ट च्याप्टर घोषणा गरेका छन्। उत्कृष्ट च्याप्टरमा बोस्टन च्याप्टर बन्न सफल भएको छ भने दोस्रो र तेस्रोमा क्रमश: जापान र पोर्चुगल बन्न सफल भएको छ। उत्कृष्ट च्याप्टरका लागि अमेरिकन ५०० डलर अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले प्रायोजन गरेका छन्।
समापन समारोहका पदाधिकारीहरुले बिधान संशोधन समितिमा सुमन तिम्सिना, डा. शसी थापा र तिर्थ अर्याललाई जिम्मेवारी दिएको छ।
समापन समारोहको चौथो चरणमा अनेसास बाल समितिका संयोजक सुरेन उप्रेतीले बाल समितिको परतिवेदन प्रस्तुत गरेका छन भने साँस्कृतिक समितिका संयोजक महेश्वर पन्तले सांस्कृतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
त्यस्तै महिला समितिको प्रतिवेदन मिरा कोइरालाले प्रस्तुत गरेका छन् भने आर्थिक पार्दशिताको बारेमा मित्रबन्धु पोखरेलले पावर पोइन्ट प्रेजेण्टेसन प्रस्तुत गरेका छन।
समापन समारोहको पाचौं चरणमा चार दर्जनभन्दा बढी साहित्यकारहरुले आ-आफ्नो कविता, गजल, हाइकु र मुक्तक वाचन गरेका छन् भने उक्त कार्यक्रम सुदीपभद्र खनाल र नारायण अधिकारीले संचालन गरेका छन्।
समापन समारोहमा सहभागी बेलायतवाट प्रकाशित अनलाइन पत्रिका एभेरेष्ट टाइम्स युकेका सम्पादक चिम्खोले काईला र अनेसास बेलायत च्याप्टरका अध्यक्ष राज श्रेष्ठले अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्लेलाई मायाको चिनो प्रदान गरेका छन्।
समापन समारोहको साँझपखमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् भने अनेसासको सम्मेलनमा सहभागी साहित्यकार, बिभिन्न कार्यक्षेत्रमा जिम्मेवारी बहन गरेका व्यक्ति तथा संथा, प्रायोजकलगायत आयोजकसमुहलाई अध्यक्ष सर्वज्ञ वाग्ले, बिओटीका अध्यक्ष पदम बिश्वकर्मा र निवर्तमान अध्यक्ष गोवर्द्धन पूजाले दोसल्ला, मायाको चिनो, प्रमाणपत्र र मेडलले सम्मान गरेका छन्। कार्यक्रम वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, उपाध्यक्ष डिल्लि अम्माइ र वेल्जियम च्याप्टरका महासचिब गोपाल दाहालले संचालन गरेका छन्।
अनेसास बेल्जियम च्याप्टरको अध्यक्ष सौरब काररंजितको नेतृत्वमा भोलि र पर्सि नेडरल्याण्ड र वेल्जियमको साहित्य यात्रा शुरु हुने अध्यक्ष काररंजितले जानकारी दिएका छन् ।
कार्यक्रमको अन्त्यमा अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले र वेल्जियम च्याप्टरका अध्यक्ष सौरब काररंजितले छैटौं सम्मेलन सफलतापुर्वक सम्पन्न गराईदिनुहुने सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद दिएका छन्।












