घोषणा पत्र जारी गर्दै सकियो मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन

SHARE:

लन्डन । मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन एक्काइसौँ शताब्दीमा मानसिक स्वास्थ्यमा समानता प्राप्तिको लक्ष्य निर्दिष्ट विश्व घोषणाको जारी गर्दै सम्पन्न भएको छ ।
संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य संगठन, आर्थिक सहयोग र विकाससम्बन्धी संगठन (ओईसीडी) को संयुक्त आयोजनामा बेलायतको राजधानी लन्डनमा ९ अक्टोबरमा मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै नेपालका उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्रद्रयादवले भाग लिएका थिए ।

सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्दैै उपप्रधानमन्त्री यादवले मानसिक स्वास्थ्य समस्या अल्पविकसित र विकासोन्मुख राष्ट्रहरुको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताएका नेपाली राजदूतावास लन्डनले जारी गरेको विज्ञप्तिमा छ ।

उनले निम्न तथा मध्यम आय भएका मुलुकहरुका हरेक पाँचमध्ये एक जनामा मानसिक रोगको समस्या रहेको उल्लेख गर्दै दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको बीस प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताए । नेपाल पनि मानसिक रोगको समस्याबाट अलग नरहेको भन्दै उपप्रधानमन्त्री यादवले अशिक्षा, बेरोजगारी, बसाइँसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरिबीको कारण नेपालमा मानसिक रोगीहरुको संख्या दिनानुदिन बढिरहेको बताए ।
नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा अङ्गीकार गरेको उल्लेख गर्दै यादवले नेपाल सरकार न्यूनतम व्ययमा सरल र सहज पहँुचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको र मानसिक रोगको उपचारको सरलीकरणमा विशेष ध्यान दिइएको बताए । विश्व सम्मेलनको पहिलो दिन उपप्रधानमन्त्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टीम केन्डलसँग शिष्टाचार भेट गरी मानसिक रोगको निदानमा द्विपक्षीय सहयोग सम्बन्धमा वार्ता गरेका थिए । त्यसपछि उनी १० अक्टोबरमा संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरेजा मेले १० डाउनिङस्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको स्वागत समारोहमासमेत सरिक भएका थिए ।

उपप्रधानमन्त्री यादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, मानसिक स्वास्थ्य विज्ञ डा.रवीन्द्र ठाकुर, स्वकीय सहसचिव अमरेन्द्रद्रयादव र उपसचिव भवनाथ खतिवडा रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!