
एटा संवाददाता
अल्डरसट । एनआरएनए युकेको संयुक्त अधिराज्यका भित्र वेल्स र स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद गठन गरिसकेको छ । सोही राज्य समन्वय परिषद अन्र्तगत स्कटल्याण्ड राज्य सम्वन्य परिषदको पहिलो पूर्ण बैठक गत २१ अक्टोबरका दिन पूर्ण बैठक बसेको सो परिषदले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
एनआरएनए युकेका सल्लाहकार डा. रामकुमार अधिकारीको बिशेष उपस्थिति रहेको बैठकमा ग्लास्गो नेपाली समाजका अध्यक्ष छवि अर्याल, समाजसेवी माधव भण्डारी, गोविन्द देवाकोटा र रामप्रसाद कंडेलको समेत बिशेष उपस्थिति रहेको बैठकमा सहभागीहरुले अत्यन्त उत्साह र सकारात्मक सोचका साथ आ–आप्mना जिज्ञासा राखेका थिए ।
बैठकमा स्कटल्याण्ड राज्य सम्वन्य परिषदका अध्यक्ष मोहन कार्कीले सबैलाई स्वागत गर्दै तदर्थ समितिले औपचारिकता पाएको स्मरण गर्दै सबै जुट भई संस्थालाई अगाडि बढाउनु पर्नेमा जोड दिए । साथै, सबैले आ–आप्mनो स्थानबाट सचिव र कोषाध्यक्षलाई सहयोग पु¥याउनु पर्ने आवश्यकता औल्याए ।
तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको सपथका लागि आगामी १८ नोभेम्बरका दिन बैठक आयोजना गर्ने निर्णय गरेको छ । साथै, समय र स्थान भने अध्यक्षले समितिका पदाधिकारीहरुसंग सल्लाह गरी तोक्ने निर्णय गरेको प्रेस नोटमा जनाइएको छ । साथै, सो बैठकमा एनआरएनए युकेका केन्द्रिय पदाधिकारीहरुलाई समेत आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा संरक्षक भोला खनालले समाजमा काम गर्नेहरुले सबैले राम्रा काम मात्र गर्दैनन्, काम गर्दा गल्ती र कमिकमजोरीहरु पनि हुने गर्दछ । तर, तिनै गल्ती र कमजोरीबाट पाठ सिक्दै समाजको उत्थानका लागि अघि बढ्नु पर्नेमा जोड दिए ।
समाजसेवी एंव सफल व्यवसायी माधव भण्डारीले निःशुल्क चियापानको व्यवस्था गरेको बैठकमा ग्लास्गो नेपाली समाज युकेका अध्यक्ष छवि अर्यालले दशै तथा तिहारको शुभकामना आदानप्रदानका लागि कार्यक्रम आयोजना गर्ने जनाए ।
मोहन कार्की अध्यक्षतामा गठन भएको १९ सदस्सीय एनआरएनए युके स्कटल्याण्ड राज्य समन्वय परिषद तदर्थ समितिको उपाध्यक्षमा नारायण पहारी र काशिराम भण्डारी, सचिवमा कृष्ण दाहाल, सहसचिवमा दिवाकर पाण्डे, कोषाध्यक्षमा धन बहादुर केसी र सहकोषाध्यक्षमा यदुमणी सापकोटा रहेका छन् । त्यस्तै, सदस्यहरुमा रामप्रसाद बगाले, विजयमान डंगोल, उज्ज्वल कार्की, गोविन्द खरेल, सुशिला गैरे, लक्ष्मी सापकोटा, भोजराज खरेल, अन्जली चापागाई, बलराम पौडेल, कृष्ण देवकोटा र मनिष खत्री रहेका छन् । साथै, भोला खनाल र यज्ञमुत्र्ति ढकाल संरक्षक रहेको प्रेस बिज्ञप्तिमार्फत परिषदले जनाएका छन् ।






