यती नेपाली एशोसिएसनको अधिवेशन ९ डिसेम्बरमा

SHARE:

लन्डन । बेलायत तथा युरोपकै सबैभन्दा पुरानो संस्था यती नेपाली एशोसिएसन युकेको अधिवेशन आगामी ०९ डिसेम्बरका दिन हुने भएको छ ।

हालै बसेको कार्यसमिति बैठकले हेरोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा संस्थाको अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष शशीधर नेपालले जानकारी गराए । महासचिव बाचस्पति रेग्मीका अनुसार यती नेपाली एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ । सदस्यमा सिद्धार्थबिक्रम क्षत्री छन् । अर्को एक सदस्य संयोजक त्रिपाठीले मनोनीत गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।

निकट भविष्यमा यती नेपाली एशोसिएसन युकेको कार्यसमितिसँग छलफल गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिने निर्वाचन संयोजक आरके त्रिपाठीले बताए । उनले यती नेपाली एशोसिएसन युकेको सदस्यता लिन अनुरोध पनि गरेका छन् । साथै १७ नोभेम्बर शनिबार यती नेपाली एशोसिएसन युकेको आयोजना र गैरआवासीय नेपाली संघ युकेको सहकार्यमा ‘अँध्यारोबाट उज्यालोतर्फ’ शीर्षकको बृहत च्यारिटी सम्पन्न जनाइएको छ । कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको विशेष आतिथ्यता रहने कार्यक्रम छ ।

च्यारिटीको लागि यती नेपाली एशोसिएसन युकेका तर्फबाट पूर्वअध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा एवम् ध्रुव केसी, योगकुमार फगामी, राजकुमार त्रिपाठी, चित्रबहादुर गुरुङ, राजु थापा, सीद्धार्थ विक्रम क्षत्री, शशीधर नेपाल, बाचस्पति रेग्मी, आरती श्रेष्ठ रहेको एक यती च्यारिटी तयारी समिति बनाइएको ब्यहोरा अध्यक्ष शशीधर नेपालले जानकारी दिएका छन् ।

आगामी १७ नोभेम्बरका दिन हुने च्यारिटीलाई सहयोग गरी दिन र ९ डिसेम्बरमा हुने अधिवेशनमा सहभागी भइदिन र सदस्य बनी नयाँ कार्यसमिति चयनमा सहयोग पुर्‍याइदिन यती नेपाली एशोसिएसन युकेले आम जनसमुदायलाई आह्वान गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!