नेपालमा ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेलाई सरकारद्वारा सहिद घोषणा, पीडित परिवारलाई १०/१० लाख

SHARE:

काठमाडौँ १४ सेप्टेम्बर २०२५ । नेपाल सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो घोषणा गरेकी हुन् । उनले भनिन्, “मुख्य सचिवसँगको छलफलपछि सो प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने निणर्यमा मैले हस्ताक्षर गरेकी छु ।”
यसैगरी, प्रदर्शनका क्रममा घाइते हुनेहरुलाई उपचार खर्चसहित केही राहत उपलब्ध गराउने, मृतकका परिवार काठमाडौँमा बस्दा लागेको खर्च व्यहोर्ने, मृतकको शवलाई  स्थानीय तह (गाउँ)सम्म लैजान आवश्यक व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री कार्कीले जानकारी दिइन् ।
सरकारका मुख्यसचिव एकनारायण अर्यालले भने, “समाजका सबै बौद्धिक वर्ग, सञ्चारकर्मी, सुरक्षा निकायलगायत आमनेपाली जनता, नेपालमा बस्नेमात्रै होइन, विदेशमा बस्ने सम्पूर्ण नेपाली समुदायले पनि नेपालको विकास र निर्माणको सुरुआत गर्नुपर्ने अवस्था सिर्जना भएको छ, हामी सबैले आआफ्नो ठाउँबाट सोहीबमोजिम योगदान गर्नुपर्नेछ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!