
लन्डन २६ सेप्टेम्बर २०२५ । नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपालीलाई त्यहीँबाटै भोट हाल्ने व्यवस्था मिलाइने आश्वासन दिएकी छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी नेतृत्वको टोलीसँगको भेटमा यो विषय उठेको हो । एनआरएनएले जारी गरेको विज्ञप्तिअनुसार, सरकारले नेपालीको मताधिकार सुनिश्चित गर्ने मागलाई सकारात्मक रूपमा लिएको र त्यसका लागि आवश्यक प्रावधान मिलाइने बताएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणका लागि पनि गैर आवासीय नेपालीलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरिन् । उनले पहिलो प्राथमिकता नेपाली र स्वयं गैरआवासीय नेपालीकै सहयोग हुने र त्यसमात्र अपुग भएमा मात्र बाह्य सहयोग लिने स्पष्ट पारेकी थिइन् ।


