बेलायतका लागि नेपाली कार्यवाहक राजदूत र केम्यान आइल्याण्डकी गभर्नरबीच भेटवार्ता

SHARE:

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडी र केम्यान आइल्याण्डकी गभर्नर जेन ओवेनबीच भेटवार्ता भएको छ ।

केम्यान आइल्याण्ड भ्रमणका क्रममा भएको भेटमा त्यहाँ बसोबास तथा रोजगारीमा संलग्न नेपाली समुदायको अवस्था, योगदान र भविष्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यवाहक राजदूत दुवाडीले केम्यान आइल्याण्डमा कार्यरत नेपाली नागरिकहरूको हित, सुरक्षा र कल्याणका विषयमा ध्यानाकर्षण गराउँदै उनीहरूको हकहित संरक्षणका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, गभर्नर ओवेनले केम्यान आइल्याण्डमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनीहरूले सामाजिक तथा आर्थिक विकासमा खेलेको भूमिकाको सह्राना गरेको काव राजदूत दुवाडीले जनाए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!