तमु सांस्कृतिक प्रतिष्ठानले तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्‍यो

SHARE:

हुम तमु
पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्यका साथ करिब दुइदशक अघि जापानमा स्थापित भई नेपालमा क्रियाशील तमु सांस्कृतिक प्रतिष्ठानले शुक्रबार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

पोखरा ३ नदिपुरस्थित अन्नपूर्ण उच्च माविमा आयोजित कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा र पर्वत जिल्लाका ग्रामीण भेकको सामुदायिक विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत ११ जना तमु विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका आजीवन सदस्य तथा निलगिरी इङ्ग्लिस बोर्डिङ स्कुलकी संस्थापक रामु तमु, प्रतिष्ठानका अध्यक्ष चिजकाजी तमुसहित अक्षयकोषदाताहरुले छात्रवृत्ति वितरण गरेका हुन् । कास्की ताङतिङस्थित हिमालय मिलन माविकी आकृति तमु र रुपाकोटस्थित चन्द्रप्रभा माविकी निर्मिका तमुलाई तमुधिं एशोसियसन युके छात्रवृत्ति, कास्की अन्नपुर्ण मावि सिक्लेसकी कल्पना तमुलाई अमरबहादुर/स्वर्गीय शुभा तमु छात्रवृति, माछापुच्छ्रे मावि भुर्जुङ्गखोलाका अमोल तमुलाई अध्यक्ष तमुधिं नेपाल छात्रवृत्ति प्रदान गरिएको हो ।

यसरी नै तनहुँ आबुखैरेनीस्थित मित्रता माविकी प्रमिला तमु र सत्यवती मावि बन्दिपुरकी पुजा तमुलाई तमुधिं जापान छात्रवृति, स्याङ्ग्जा बिरुवास्थित अरनिको माविकी जस्मिता तमुलाई शंकर तमु र त्रिशहिद मावि पञ्चमुलका अविनास तमुलाई मनबहादुर तथा इन्द्रकुमारी तमु स्मृति छात्रवृति, पर्वत भुकताङ्ले भुकदेउराली माविकी सन्ध्या तमुलाई धनबहादुर तमु स्मृति छात्रवृत्ति, महेन्द्रज्योति मावि महाशिलाका सुसन तमुलाई ट्रिनिटी एजुकेशन तथा साकुरा जापानिज ल्वाङ्ग्वेज र पञ्चकोशी मावि आर्थरकी सोफिया तमुलाई दुर्गा तथा सरस्वती शाही छात्रवृति वितरण गरिएको हो ।

आगामी चारवर्षका लागि छात्रवृतिका लागि छनौट भएका तमु विद्यार्थीहरुलाई ८ हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो। प्रमुख अतिथि प्रतिष्ठानका आजीवन सदस्य तथा निलगिरी इङ्ग्लिस बोर्डिङ स्कुलकी संस्थापक रामु तमुले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रतिष्ठानले शिक्षा, साहित्य र स्रष्टाहरु सम्मान गरी उदाहरणीय कार्य गरेको बताउनुभयो। तमु विद्यार्थीहरुलाई शिक्षाप्रति उत्प्रेरित गर्दै सघाउन पुर्याइरहेको कदममा निलगिरी इङ्ग्लिस बोर्डिङ स्कुलको तर्फबाट ५० हजार ५५५ रुपैयाको छात्रवृति घोषणा गरे ।

विशेष अतिथि डा. चन्द्रबहदुर तमुले शुभकामना व्यक्त गर्नुहुदै प्रतिष्ठानलाई युकेसँग जोड्ने कार्य प्रतिष्ठानका सल्लाहकार तेजबहादुर तमुले गर्नुभएको भन्नुहुदै तमु जातिय मौलिकता संरक्षण हुनुपर्ने बताउनुभयो। तमुहरुले तमु भाषा बोल्नै पर्दछ होइन भने हाम्रो पहिचान हराउने बताए । हामीले समुदायको हितका लागि कार्य गर्नुपर्दछ, सरकारले गर्ने काम गरेर महान बन्नु पर्ने आवाश्यक नभएको उनको भनाई थियो ।

सल्लाहकारकारहरुको तर्फबाट ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुवान भित्र तमु भाषामा पठन पाठन हुनुपर्दछ। हाम्रो पहिचान नामेट हुन थालेको छ, भाषा संरक्षण सहित शिक्षामा जोड दिनुपर्नेमा उनको भनाई थियो।

कार्यक्रममा तमु समाज कतारका महासचिव तेजबहादुर गुरुङ, हाल अमेरिकाबाट आएनुभएका प्रतिष्ठानका संस्थापक सदस्य हर्कजंग तमु, गुरुङ साहित्यीक मञ्चकी अध्यक्ष गौरी तमु, तमु साँस्कृतिक प्रतिष्ठान अन्र्तगतको तमु विद्यार्थी मञ्चकी अध्यक्ष शिला तमु, छात्रवृति प्राप्त गरेका विद्यार्थीहरु मध्ये प्रमिला तमुले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानको अभियानको प्रसंसा गरेका थिए ।

कार्यक्रममा समाजसेवी कमला तमु र शिक्षासेवी कर्ण तमुलाई प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएको थियो भने कार्यक्रममा जलपानका लागि समाजसेवी कमला तमुले १० हजार रुपैया सहयोग प्रदान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष चिजकाजी तमुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चित्र तमुले स्वागत र सचिव श्रीजंग तमुले कार्यक्रम संचालन गरेका थिए ।

८० भन्दा बढी तमु विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्दै आइरहेको प्रतिष्ठानले लमजुङ, गोरखा, प्युठान, ताप्लेजुङ्गमा पुगी विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष चिजकाजी तमुले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!