चिम्खोले काइँला
पोखरा । करपाकेली समाज नदीपुरले भैलो खेलेर एकै दिन ४ लाखभन्दा बढी रकम संकलन गरेको छ ।
पूर्व गोर्खा सैनिकका मेजर चन्द्रबहादुर पुनको नेतृत्वमा मंगलबार (नोभेम्बर ६) मा पुन मगरहरुको बाक्लो बस्ती नदीपुरमा खेलिएको भैलो कार्यक्रमबाट करिब ४ लाख २० हजार रुपैयाँ जम्मा गरिएको हो । संकलित रकम पोखरा नदीपुरमा रहेको करपाकेली भवन मर्मतसम्भारमा खर्च गरिने कन्यमार्ग बाबा समाजका अध्यक्ष ओम पुनले बताए ।
अन्त्यमा आयोजित रात्रिभोजको अवसरमा करपाकेली समाज नदीपुरका अध्यक्ष पुनले सहभागी र भैलो कार्यक्रममा दान दिने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।








