जीआरएनसी यूकेद्वारा आगामी नोभेम्बर ८ मा ‘पपि डे’ मनाइने

SHARE:

उत्तर गुरुङ — लन्डन।

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले आगामी नोभेम्बर ८ का दिन पहिलो गोर्खा भीसी (Victoria Cross) प्राप्तकर्ता कुलबीर थापा लगायत पहिलो र दोस्रो विश्वयुद्धमा वीरगतिको सम्मान प्राप्त गरेका सम्पूर्ण गोर्खाली वीर योद्धाहरूको सम्झनामा ‘पपि डे’ तथा ‘रिमेम्ब्रेन्स डे’ मनाउने भएको छ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक उत्तर बहादुर गुरुङका अनुसार सो कार्यक्रम बेलायतको अल्डरसट शहरस्थित प्रिन्सेस गार्डेनमा नोभेम्बर ८ तारिख बिहान ११ बजेर ११ मिनेटमा सुरु हुने छ।

स्मरण रहोस्, जीआरएनसीले हरेक वर्ष ‘पपि डे’ को अवसरमा मार्चपास, मौनधारण, र भीसी कुलबीर थापाको सालिकमा माल्यार्पण लगायतका गतिविधिहरू गर्दै वीर गोर्खालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आएको छ।

उक्त कार्यक्रमको निर्णय २५ अक्टोबरमा बसेको जीआरएनसीको त्रैमासिक बैठकमा गरिएको थियो।

बैठकमा महासचिव सुनील रानाले आगामी कार्यक्रमबारे जानकारी गराएका थिए भने अध्यक्ष लिला सेलिङ माबोले सबै सदस्य, गोर्खा समुदाय र आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई रिमेम्ब्रेन्स डेमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन अपिल गरेकी छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!