उपसभामुख तुम्बाहाङ्फे बेलायत भ्रमणमा

SHARE:

काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे बुधबार बेलायत प्रस्थान गरेका छन् । एयर इन्डियाको विमानबाट बिहान साढे १० बजे तुम्बाहाङ्फे बेलायत प्रस्थान गरेका हुन् । महिलाहरुलाई पनि मताधिकार प्रदान गरिएको १ सय वर्ष पुगेको सन्दर्भमा नोभेम्बर ८ र ९ मा लन्डनमा महिला सांसदहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन तुम्बाहाङ्फे बेलायत गएकी हुन् ।

बेलायत प्रस्थान गर्नुअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै तुम्बाहाङ्फेले औपचारिक/अनौपचारिक फोरमहरुमा नेपालको संसदीय व्यवस्था, महिलाहरुको उपस्थितिलगायतका विषयमा छलफल गर्ने जानकारी दिइन् ।

सम्मेलनमा उपसभामुख तुम्बाहाङ्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम रहेको छ । उनले सम्मेलन सकिएपछि पनि नेपाली समूदायले गर्ने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । लन्डनस्थित नेपाली दूतावासले पनि उपसभामुखको सहभागिता रहने केहि कार्यक्रमहरु तय गरिसकेको जनाएको छ ।

नोभेम्बर १० तारिख शनिबार बिहान ‘भिजिट नेपाल– २०२०’ को प्रबद्र्धनका लागि एक उच्चस्तरीय समिति घोषणा गर्न दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख सहभागी हुने कार्यक्रम छ । त्यस्तै, ब्रिटेन नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा नोभेम्बर १३ को साँझ दूतावासमै हुने नेपाल डेभलपमेन्ट कन्फरेन्समा पनि उनको सहभागिता रहने संघीय संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!