पे एण्ड पेन्सन अफिस गलास्गोको भ्रमणपछि बोलायो गोर्खाहरुलाई नेपाली दूतावास लण्डनले

SHARE:

बेलायतका लागि कार्यवाहक नेपाली राजदुत विपिन दुवाडीले बृटिश आर्मीको पे एण्ड पेन्सन अफिस गलास्गोको भ्रमणपछि १४ नोभेम्बर २०२५ मा गोर्खा भूतपूर्व सैनिकहरूसँग भेटघाट तथा छलफलको लागि बोलाएका छन् ।

उक्त भेटघाट तथा छलफल बोलाउनुको मुख्य उद्धेश्य १२ जुन २०२५ मा भएको पछिल्लो सरकार-सरकार (G2G) बैठकपछिको वार्तालाइ कसरी अगाडी बढाउने भन्ने बारेमा छलफल गर्न रहेको थियो। यस्ता खालको छलफल लामो समयदेखि हुन बाँकी रहेको र भेटघाट तथा छलफल अत्यन्तै महत्त्वपूर्ण वार्तामा उपस्थित मेजत टिकेन्द्र देवान जेपीले बताएका छन् ।

बेलायत सरकार केही हदसम्म नरम भएको छ र गोर्खाको समस्यामा पूर्व र वर्तमान दुवै सरकारको प्रतिक्रिया बेलायत सरकारका लागि किफायती र गोर्खाहरूका लागि स्वीकार्य हुने समाधान खोज्नु रहेको छलफलको निष्कर्ष छ।

छलफलमा दुतावासको तर्फवाट कार्यवाहक राजदुत दुवाडी, रक्षा सहचारी ब्रिगेडियर जनरल अनुप शाह, र कार्यवाहक प्रथम सचिव समजोक राई उपस्थित थिए भने भूतपूर्व गोर्खाको तर्फबाट धन गुरुङ, पुष्पा राना घले, धरम तामाङ, मेजर टिकेन्द्र देवान जेपी, र केश गुरुङ सहभागी थिए।

तीन घण्टा चलेको यो बैठक अत्यन्तै रचनात्मक रहेको छ । भूतपूर्व गोर्खाहरुको लामो समयदेखि अल्झिएको यो विषयलाई बेलायत सरकारका लागि किफायती र भूतपूर्व सैनिकहरूका लागि स्वीकार्य हुने गरी छिटो र मैत्रिपूर्ण समाधान सुनिश्चित गर्ने प्रतिबद्धता गरेका छन्। भेटघाट तथा छलफलमा निमन्त्रणा गरेकोमा उपस्थित भूतपूर्व गोर्खाका सदस्यहरुले कार्यवाहक राजदूत र दूतावासका कर्मचारीहरुलाई धन्यवाद दिएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!