चिम्खोले काइँला
पोखरा । पुन युनाइटेड क्लब नदीपुरले देउसी-भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका ३ नदीपुर क्षेत्रमा रहेका नेपालीहरुका स्वास्थ्य उपचारको लागि एम्बुलेन्स खरिद गर्ने लक्ष्यसहित देउसी-भैलो खेलिएको क्लबले जनाएको छ । कार्यक्रम क्लबका अध्यक्ष भीम राम्जाली पुनको नेतृत्वमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा मगरहरुको भेषभूषा र पुन मगरको भेषभूषामा केही अन्तर पाइएको हुँदा चिम्खोले काइँलाले किन पुन मगर र मगरहरुको भेषभूषामा फरक आएको हो भन्ने प्रश्नको उत्तरमा उनी अनभिज्ञ रहेको बताए । साथै पुन समाज नेपाल, पुन मगर समाज नेपाल स्थापित संस्था हुँदाहुँदै पनि किन पुन युनाइटेड क्लब खोलियो भन्ने प्रश्नमा पनि अध्यक्ष भीम राम्जालीले अनभिज्ञ रहेको बताए ।
सो क्लबले विगतमा भूकम्पपीडित, बाढीपहिरो, स्वास्थ्य उपचार र महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र नेपाललगायत परोपकारी कार्यमा सहयोग गरिसकेको छ । उनको नेतृत्वमा रहेको देउसी भैलो कार्यक्रममा बेजोड सांस्कृति कार्यक्रममा प्रस्तुत गरिएको थियो । देउसी-भैलो कार्यक्रममा युवा पिढीलगायत विवाहित महिला, पुरुषहरुलाई पनि समावेश गरी सामाजिक सहिष्णुता दर्साउँदै दीपावलीको संरक्षण र सम्वर्द्धनमा टेवा पुर्याएको आभाष दिलाइएको थियो ।






