
लन्डन २२ नोभेम्बर २०२५ । सोंपाल समाज युकेले आगामी ३ जनवरी २०२६ मा ल्होछार मनाउने भएको छ ।
हरेक वर्षझैं विविध कार्यक्रमसहित शनिबार ३ जनवरीमा ल्होछार मनाउने तयारी रहेको सोंपाल समाज युकेका अध्यक्ष जगदीश गुरुङले जानकारी दिए । समाजका अनुसार त ल्हो को अवसरमा सोंपाल समाज युकेले शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम हुनेछन् ।
कार्यक्रम ग्रिनफोर्ड कम्युनिटी हलमा हुनेछ । कार्यक्रममा नेपालबाट आउने राष्ट्रिय कलाकार र सोंपाल समाजका कलाकारहरुले प्रस्तुति दिने छन् ।
कार्यक्रममा उपस्थितका लागि चेलीबेटी, ज्वाइँ, भान्जाभान्जीहरुमा निमन्त्रणा गरिएको छ । अध्यक्ष गुरुङले सम्पूर्ण अग्रज सदस्यहरु, सदस्यहरु, युवाहरु, दाजुभाइ, दिदीबहिनीहरुलाई ल्होछार कार्यक्रममा सहभागी भएर भरपुर मनोरञ्जन लिन अनुरोध गरेका छन् ।
प्रवेश निःशुल्क रहेको समेत जनाइएको छ । पिय पदार्थ ले रि भिमबहादुर गुरुङ र सेतीमाया गुरुङले प्रायोजन गरेका छन् । यस वर्ष कार्यक्रम संयोजक सचिव नवराज गुरुङ तोकिएका छन् ।






