काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन् । उनले शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाएका हुन् ।

उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहेकाले उनले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाएका हुन् ।
प्रधानमन्त्री ओली–टीका
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट बिहीबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाएका थिए । टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै उनीहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाए ।
प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।







