व्यापारीको रु नौ लाख लुटियो

SHARE:

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम आइतबार दिउँसै लुटपाट भएको छ । सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह धनुषाको महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कबाट रकम लिएर घरतर्फ आउँदै गर्दा महोत्तरी र धनुषाको साँधमा पर्ने बिग्हीपुलमा हतियारधारी चार जनाको समूहबाट लुटिएका हुन् ।

मोटरसाइकलबाट घर फर्कंदै गरेका साहको पिछा गर्दै दुईवटा मोटरसाइकलमा आएका चारजनाले अगाडिबाट बाटो छेकेर साथमा रहेको नौ लाख रकम लुटेर लगेका पीडितको भनाइ छ । लुटेराहरुले बाटो छेकेर पेस्तोल देखाउँदै रकम लगेका साहले बताए । घटनालगत्तै सीतापुर प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाबाट सुरक्षाकर्मी घटनास्थल पुगे पनि लुटेरा भागेकाले अहिलेसम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनास्थल वरिपरि र अन्य शङ्कास्पद ठाउँमा लुटेराको खोजीमा प्रहरी परिचालित गरिएको जिप्रका महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटना आइतबार दिउँसो करीब ३ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!