सहारा युकेको अध्यक्षमा शारदा गुरुङ निर्वाचित

SHARE:

ज्ञाम गुरुङ – बेलायत। फोटो – एसके गुरुङ ।

लन्डन । सहारा यूकेमा नयां नेतृत्व चयन भएको छ । २० डिसेम्बर शनिबार अल्डरसटस्थित माइतीघरमा सम्पन्न वार्षिक साधारणसभाले शारदा गुरुङको अध्यक्षतामा १९ सदस्यीय नवौं नयां कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दिपक गुरुङ (राजु), कोषाध्यक्षमा जगन गुरुङ, सह-कोषाध्यक्षमा कुमार थापा र सहारा यूकेको सिइओमा दल गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरि, स्पोर्टस् सेक्रेटरीमा शम्शेर गुरुङ र युथ कोअर्डिनेटरमा अजयजंग थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा रमेश गुरुङ, सविन्द्र कुमार गुरुङ (एसके), गम गुरुङ, गंगा गुरुङ, देव गुरुङ, लाल गुरुङ, नारायण गुरुङ, ओम गुरुङ, मिलन तमु र मनोज गुरुङ चुनिएका छन् ।

निर्वाचन समितिले नयां कार्यसमितिलाई शपथ ग्रहण गराएको थियो । निर्वाचन समितिमा संस्थापक सल्लाहकार महेश गुरुङ प्रमुख आयुक्त एवं सल्लाहकार ज्ञाम गुरुङ र एकेन्द्र गुरुङ आयुक्तको जिम्मेवारीमा थिए ।

नवनिर्वाचित अध्यक्ष शारदा गुरुङले सहारा यूकेलाई आफ्नो उद्देश्य अनुरुप अगाडि बढाउन कुनै कसरत बांकी नराखी काम गर्ने प्रविद्धता व्यक्त गरे ।

3317e8d4-52af-4dd1-8f00-db555562cae4.jpeg

यसअघि अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा महासचिव क्याप्टेन पिताम्बर गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार थापाले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्रमा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्षहरु दिलिप गुरुङ, मीन बहादुर गुरुङ (साइला), कुमार गुरुङ र लेप्टेन कुसाङ गुरुङले शुभकामना एवं सुझाव दिएका थिए । सहकोषाध्यक्ष जगन गुरुङले सहारा यूकेको अक्षय कोषबारे ‘अपडेट’ गराएका थिए ।

सन् २००८ मा स्थापित च्यारिटी संस्था सहारा यूकेले महाभूकम्पबाट क्षतिग्रस्त स्कुल पुनर्निर्माण, आहा रारा गोल्डकपमा आर्थिक सहयोगदेखि हाल पोखरा, दोबिल्लामा अवस्थित सहारा पोखरा एकेडेमीमा ३० जना असहाय बालबालिकालाई आश्रय, पठनपाठन तथा फुटबल प्रशिक्षण दिइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!