सडक प्राथमिकता राख्दै सांसद हितबहादुर तामाङद्वारा बजेट वितरण [सूचीसहित]

SHARE:

काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत नुवाकोट क्षेत्र नं. १ का सांसद हितबहादुर तामाङले सडकलाई प्राथमिकता दिँदै चार करोड रकम विनियोजन गरेका छन् ।

सांसद तामाङले जिल्लाको शिवपुरी गाउँपालिकाको सबै वडाहरुमा कृषि रिङरोडका लागि ३० लाखसहित बजेट बाँटफाँट गरेका हुन् । शिवपुरी गापाकै वडा ३ स्थित मैदानबाट चापाबोट, झोमलङ, वोर्लाङ स्कुल, दमाइ टोल सडकलाई २० लाख, वडा ८ को राम्चे खरिभञ्ज्याङ ठूलो खोला बुद्ध साकेला पार्क मोटरबाटोलाई १० लाख, ककनी गापा ४ रानीपौवा, ढुंगेनपौवा, लामागाउँ चतुराले, ढाडेफेदी हुँदै गंगटे जोड्ने मोटरबाटोलाई ५० लाख, सोही गापाको वडा ५ मा पर्ने बधशाला घमैलो बाघखोर हुँदै गणेश निमावि मोटरुबाटोका लागि १० लाख छुट्याइएको छ ।

त्यस्तै लिख गाउँपालिका वडा १ र २ मा (डीपीआर) भइसकेको ढिकुरेबगर, पिप्ले बजार पाङदुरे हुँदै सूर्यगढी ३ पलाटे सडकलाई ४५ लाख, पञ्चकन्या गापा वडा २ मा सहरेटार सुवेदीडाँडा छापथोक हुँदै मिश्रगाउँ मोटरबाटो स्तरोनन्तिका लागि १० लाख, वडा ४ स्थित सातबिसे मंगला मावि टोड्के भन्ञ्ज्याङ्ग मोटरबाटोका लागि ५० लाख, दुप्चेश्वर गाउँपालिका अन्तर्गत ढाडखर्क बायोभीर सिम्टाङ हुँदै शिखरबेंसी वडा कार्यालय जोड्ने सडकका लागि १० लाख, झगडे सिन्धुली डाँडा सानो गोल्फु कालोपानी सडकका लागि २३ लाख, सोही गापाको वडा ३ मा पर्ने पुरगाउँ डाँडागाउँ पेमसो ग्रामीण सडकका लागि १० लाख र वडा नम्बर १ स्थित घ्याङ्फेदी घुयाडाँडा सिसिपु मोटरबाटोका लागि १० लाख बजेट विनियोजन गरिएको जिल्ला समन्वय अधिकारी सच्युतराज उप्रेतीले जानकारी दिए ।

चार करोड बजेटमा तादि गाउँपालिका ३ मा एकीकृत बस्ती विकास र बुदुने सडक स्तरोन्नतिका लागि १५ लाख, १ मा मालाभञ्ज्याङ-चित्रे-हेपाल-दोङटोल-छेलुङ सडकलाई १५ लाख, २ मा छापथोक रालुका मैदान चिलौने गाउँ हुँदै बाघमारा सडकलाई पनि १५ लाख छुट्याइएको छ भने तादी वडा ५ र ६ को फेदीबेंशी-गणेशथान-पौवाथोक-चापकोबोट-डाँडापाटो सडकलाई १० लाख विनियोजन गरिएको छ ।

यस्तै सूर्यगढी गाउँपालिका ३ सिम्ले मंगलादेवी मन्दिरदेखि बिसमुरे नेपालटार कृषि सडकलाई १० लाख, वडा १ को दोर्खु खोला बरादी सल्यानडाँडा सोलेमाने मोटरबाटोलाई २० लाख, वडा ५ को दार्मेखोला मुहान गरी मूल कूलो पिपलेबाट सुगुरेफाँट सिँचाईको निम्ति १५ लाख, वडा ३ स्थित सू्र्यगढी खेलकुद मैदानका लागि १० लाख र प्रशासनिक खर्चको लागि २ लाख छुट्याइएको छ ।

loo

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!