कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका शाही विजयी

SHARE:

कर्णाली । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका हर्षबहादुर बमले सात हजार ९३३ मत प्राप्त गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले दुई हजार १३७ र नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!