काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ क्षेत्रमा जित निकालेका छन् । उक्त दलले काठमाडौंका अधिकांश क्षेत्रमा जित निकालेको छ । पछिल्लो जित धनुषा–३ मा मनिष झाले निकालेका छन् । उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १५६ निर्वाचन क्षेत्रमध्ये १०५ मा रास्वपाको अग्रता रहेको छ ।
नेपाली कांग्रेसका उम्मेदवारले १० स्थानमा अग्रता कायम गर्दा ४ स्थानमा विजयी भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १४ उम्मेदवारले अग्रता कायम गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १० उम्मेदवारले अग्रता कायम गर्दा दुई उम्मेदवार विजयी भएका छन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका पाँच तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।







