इरान युद्धका विषयलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा

SHARE:

वासिङ्टन । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गर्नुभएको छ ।

केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताउनुभएको छ । उहाँले ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा यो युद्ध सुरु गरेको दाबी गर्नुभएको छ ।

अमेरिकी विशेष बल र सीआईएका अनुभवी व्यक्ति ४५ वर्षीय केन्टले स्वदेश तथा विदेशमा रहेर मातृभूमिको पक्षमा लामो समय योगदान पु¥याउनुभएको छ।

उहाँकी पत्नी शैनन केन्टले पनि अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’ का रूपमा काम गर्नुभएको थियो । सन् २०१९ मा सिरियामा भएको आत्मघाती आक्रमणमा श्रीमती केन्ट मारिनुभएको थियो ।

जो केन्टले आफ्नो पत्रमा भन्नुभएको छ, “सन् २०२५ को जुनसम्ममा ट्रम्पले मध्यपूर्वमा युद्धले अमेरिकालाई हाम्रा देशभक्तहरूको बहुमूल्य जीवनबाट वञ्चित गरेको र हाम्रो राष्ट्रको सम्पत्ति र समृद्धिलाई कम गरेको कुरा बुझ्नुभएको छ ।”

केन्टले अगाडि भन्नुभएको छ, “उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएको र यसले ट्रम्पलाई आफ्नो ‘अमेरिका फस्र्ट’ प्लेटफर्मलाई कमजोर बनाएको पनि बताउनुभएको छ। पत्रमा अगाडि लेखिएको छ, “इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने तपाइँलाई विश्वास दिलाउन यसको प्रयोग गरिएको थियो । यो झूट थियो।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!