यूकेमा सञ्चालित अनुग्रहका सञ्चालक सुमन राई भन्छन् – ‘हामी ग्राहकको जति पनि सुन किन्छौं’

SHARE:

लन्डन । बेलायतमा विगत एक दशकदेखि ग्राहकवर्गको सेवामा समर्पित अनुग्रह गोल्ड हाउसले सुन बिक्री नहोला कि भन्ने चिन्ता नलिन आग्रह गरेको छ ।

प्रोपाइटर सुमन राईले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै महँगोमा किनिएको सुन बिक्री नहोला कि भन्ने ग्राहकवर्गमा अन्योल देखिएकाले आफूहरुले जति पनि सुन किन्ने अवस्था रहेको प्रस्ट्याएका हुन् । ‘कतिपय हाम्रा कस्टुमरहरु कन्फ्युज्ड हुनुभएको रहेछ । अहिले गोल्ड प्राइस घट्दै गयो । हामीले महँगोमा किनेको सुन बिक्री होला कि नहोला भन्ने कन्फयुज हुनुभएको रहेछ । तर हामीले सुन किन्छौं । हजुरहरुसँग जति छ । १ किलो, २ किलो जति भए पनि हामी किन्छौं । लिएर आउनु होला ।’

सामाजसेवीसमेत रहेका राईले सुनको मूल्य घटबढ भइरहने भन्दै यसमा गरिएको लगानी एक/दुई महिनामै नाफाघाटा थाह नहुने समेत बताए । सुन किनबेच भइसकेपछि कम्तीमा १ वर्ष पर्खिएपछि नाफाघाटाको सुविधा लिन सकिने उनको धारणा छ ।

अल्डरसटस्थित अनुग्रह ज्वेलर्सले विभिन्न अवसरमा छुट सुविधाको योजना पनि सार्वजनिक गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!