गैरआवासीय नेपाली संघ र वैदेशिक रोजगार व्यवसायी संघबीच भेट, सहकार्य सुदृढ बनाइने

SHARE:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ।

सोमबार भएको भेटमा विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार, राहत तथा समन्वयका विषयमा विस्तृत छलफल भएको एनआरएनएले जनाएको छ ।

एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन एनआरएनएभित्र समर्पित संयन्त्र निर्माण गरिने जानकारी दिए । उनले संकटका बेला छिटो आपतकालीन उद्धार कार्य र सहयोग पुर्‍याउन संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

त्यसैगरी, संघका अध्यक्ष भुवन गुरुङले मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि दुवै संस्थाबीच समन्वित प्रयास आवश्यक रहेको बताए ।

छलफलका क्रममा दुवै पक्षले विदेशमा संकटमा परेका नेपालीहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्दै संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वैदेशिक रोजगारीसँग सम्बन्धित साझा मुद्दामा सहकार्य गर्दै प्रभावकारी समाधान खोज्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

भेटका क्रममा वैदेशिक रोजगार व्यवसायी संघले एनआरएनएका नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो ।

भेटमा उपाध्यक्षहरू डा. ज्ञानेन्द्र रेग्मी, मनोजकुमार श्रेष्ठ, रोजिना प्रधान राई, चिन्तामणि सापकोटा, महासचिव चिरन्जीवी खड्का, सहकोषाध्यक्ष गंगा खतिवडा,महिला संयोजक रश्मी थापा, महिला क्षेत्रीय संयोजक राधा सिग्देल ‘किरण’, यूरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, सचिव दीपेश खत्री, एनसीसी दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्य, एनसीसी साउदीका अध्यक्ष उमेश भट्टराई, कार्यकारी प्रमुख राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!