नेपालमा सुन तोलामा एक हजार ६ सयले घट्यो, कति पुग्यो ?

SHARE:

काठमाडौँ । नेपालमा स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो । चाँदी भने तोलामा ८० रुपैयाँ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ कायम भएको छ ।
सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!