पूर्वगोर्खाको मागबारे बेलायत र नेपालबीचको वार्ता सकियो, जुलाईमा फेरि बस्ने

SHARE:

फोटो: धर्म तामाङ

लन्डन । भूपू गोर्खाको मागबारे बेलायत र नेपाल सरकारबीचको सोमबार भएको उच्चस्तरीय वार्ता पुन: जुलाईमा बस्ने गरी सकिएको छ । जुलाइमा हुने वार्तामा बेलायतका रक्षा मन्त्रि भौतिकरुपमा अनिवार्य उपस्थिति हुने सर्त राख्दै बैठक स्थगन भएको हो ।

वार्तामा नेपालका तर्फबाट भर्चुअलमाध्यमबाट जोडिएका परराष्ट्रमन्त्री शिशिर खनालले गोर्खाहरुको पक्षका मागहरु दरो रुपमा प्रस्तुत गरेका थिए । त्यस्तै जीटेनका सदस्यहरुले पनि आ- आआफ्नो पक्षका मागहरु दरो रुपले प्रस्तुत गर्दै अफोडेबेल सोलुसनलगायतका विषयलाई जोडतोडले उठाएका वार्तामा सहभागी गोर्खा अनशनकर्ता धनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार अफोडेबेल सोलुसनलाई गोर्खा प्रतिनिधिले मूलमुद्दा बनाए पनि बेलायत सरकारका प्रतिनिधिले त्यसलाई वेलफेयर र एडमिनतिर लाने प्रस्ताव गरेका थिए । ग्रुप १० तथा भूपू गोर्खा सैनिका प्रतिनिधिसहित नेपाली दूतावास लन्डनमा सोमबार ८ जुन २०२६ मा भएको वार्तामा दुवै देशका मन्त्रीलगायतले आ-आफ्ना विषय राखे पनि टुंगोमा नपुगेको हो ।

बेलायती रक्षा मन्त्रालयको प्रस्तावलाई जीटेनका मेम्बरहरुले अस्वीकार गरेका थिए। सोमबारको बैठकमा बेलायती रक्षामन्त्री जोन हिली भौतिक रुपमै उपस्थित हुने भनिए पनि पछि जुमबाट जोडिएका थिए । नेपालका परराष्ट्रमन्त्री र गोर्खा प्रतिनिधिको कुरा जुमबाट सुनेका रक्षामन्त्रीले आफ्नो धारणा राख्ने बेला प्राविधिक समस्या आएको थियो । त्यसपछि आगामी जुलाई पहिलो वा दोस्रो हप्तासम्म रक्षामन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्ने गरी सोमबारको वार्ता टुंगिएको अभियन्ता धनबहादुर गुरुङले जानकारी दिए ।

सोमबारको वार्तामा बेलायत सरकारको तर्फवाट भेट्रान मन्त्री लुइस सानदार जोन, मेजर जनरल साम हाम्फ्री, बेलायती सांसद एलेक्स बेकरलगायत थिए । सांसद बेकरले वार्ता सकारात्मक भएको जनाउँदै जुलाईमा फेरि बैठक हुने बताइन् । उनले आफूले यस विषयलाई संसद्‌मा फेरि पनि उठाउने जानकारी दिइन् ।

बेलायतको समय अनुसार दिउँसो २ बजे सुरु बैठक झन्डै ३ घण्टा चलेको थियो । बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह पनि सहभागी थिए ।

जीटेनका सदस्यहरु बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपी, जीपीजीतर्फबाट मेजर उदयबहादुर गुरुङ एमबीई, गेसोका सभापति कृष्णकुमार राई र धर्म तामाङ, गोर्खा सत्याग्रह संघर्ष समितिबाट कृष्णबहादुर राई, नेसाका सभापति केशबहादुर गुरुङ, आमरण अनशनको तर्फबाट पुष्पा राना घले, धनबहादुर गुरुङलगायतको सहभागी थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!