सिक्लेस माघे मेला हुँदै

SHARE:

काठमाडौं । कास्की जिल्ला मादी गाउँपालिकामा माघे संक्रान्ति मेला–२०७५ हुने भएको छ ।

पर्यटन प्रवद्र्धनसँगै गाउँमा उत्पादित वस्तुहरुको बजारीकरण गराउने उद्देश्यले सिक्लेस युवा क्लबले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा सिक्लेस माघे मेला सञ्चालन गर्दै आइरहेको छ । मेलामा परम्परागत रुपमा संचालन हुँदै आएको खुल्ला ठेलो (छेलो) साथै पुरुष भलिबल, महिला भलिबल, पुरुष बास्केटबल लगायतको खेलकुद प्रतियोगिता, अन्तर गाउँस्तरीय सामूहिक नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम गरिने सिक्लेस माघे मेला कार्यक्रम संयोजक मिलन गुरुङले जानकारी दिए ।

उनका अनुसार परम्परागत रुपमा मानिदै र पुजिदै आएको स्थानिय तिर्थस्थलहरु “म्हउदु क्यु” र “फैमक्यु” को प्रचारप्रसार, संरक्षण र विकास गर्न, परम्परागतदेखि संचालन गरिदै आएको खुल्ला ठेला (छेलो) प्रतियोगिताको विकास र व्यापक सहभागिता गराउन, आन्तरिक एवम् वाह्य पर्यटन प्रवद्र्धन गर्न, गाउँमा व्यवस्थित होमस्टे संचालन गर्न, खेलाडीहरुबीच मैत्रीपूर्ण खेल प्रतिस्पर्धा गरी खेलकुदको विकास गर्न, सिक्लेस गाँउलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न, जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गर्न, आप्mनो भेषभुषा तथा रीतिरिवाजको संरक्षण गर्न मेला आयोजना गरिएको हो ।

अन्तर गाँउस्तरीय सामूहिक नृत्य प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रथमलाई ४०, दोस्रोलाई ३०, तेस्रोलाई २० सहित ट्रफी,मायाको चिनो र प्रमाणपत्र दिइने छ ।

खेलकुद प्रतियोगितामा पुरुष भलिबल र बास्केटबलतर्फ प्रथमले ५०, ५० हजार र द्वितीयले ४०, ४० हजार पाउनेछन् । महिला भलिबलमा भने प्रथमले १५ हजार र द्वितीयले पनि १५ हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र नै पाउने छन् ।

सिक्लेस गाउँको परिचय
गण्डकी प्रदेश कास्की जिल्लाको उत्तरपुर्वी भागको अन्नपूर्ण हिम श्रृंखलाबाट उत्पति भएको मादी नदीले बनाएको फाँट पाखोमा आधारित भएर बसेको सिक्लेस गाउँको इतिहास सायद नेपालको अरु धेरै पुरानो र ठुला ठुला गाउँहरुको भन्दा धेरै पुरानो लगभग १००० (एक हजार) बर्ष पुरानो भएको मानिन्छ । यहाँ गाउँ स्थापना हुँदा आसपासमा कुनै पनि गाउँ नरहेको र यो ठाँउमा ठुलो घना बनजंगल फँडानी गरि गाउँ बसालेको किम्ब दन्ती छ । कतिपय जानिफकारहरुको मान्यता क्होंलामा बस्ती हुँदा यहाँ पनि बस्ती थियो तर सानो गाउँको कारण प्रख्यात हुन सकेको थिएन । पछि १३ औं शताब्दी तिर जब क्होंला सोंथरको बस्ती विघटन भयो अनि ठुलो संख्यामा यहाँ मानिसहरु क्होंलाबाट आए, यहि क्रममा अरु ठाँउहरुबाट पनि परिवारहरु यहाँ आइ बस्न थाल्द यहाँको बस्ती ठुलो हुँदै गयो र ठुलो बस्तीको आवश्यकता अनुसार यहाँको खेतीपती,पशुपालन, मर्दा पर्दाको रितिथिति बोन धर्म माथी पुर्नविचार र काटछाँड र भागबन्ड समेत गरे । नियम कानुन शासन पद्धतिमा सुधार लगायत राज्य व्यबस्थालाई सघाउने गरि स्थानीय नियम कानुनहरुलाई जिविका उपार्जनको राम्रो व्यवस्था गरिएको थियो । र कानुनलाई राम्ररी कार्यान्वयनको स्थीति थियो । समय अनुसार बदलिदो परिस्थितीमा सिक्लेसमा पनि बदलाब आउदै गयो । बि.स.२००० को २५ बर्ष अघि र पछि समयमा सिक्लेसको जनसंख्या चुलिएको थियो । बि.स.२०२५ साल यता फाट्ट फुट्ट रुपमा सिक्लेस बाट बजार तर्फ मानिसहरु लाग्न थालेको थियो । बसाईसराईको क्रम पहिला सिक्लेसमा अन्तैबाट भई आएको थियो ।

शिकारी युग देखि कृषि युगमा प्रवेश गर्दा जमेको सिक्लेस आज कृषि र बैदेशिक रोजगारको युगलाई पछि पादै पर्यटन व्यवसाय तथा व्यापारको युगमा प्रवेश भई सकेको जो कोहिलाई सिक्लेस आई पुग्दा भान हुन्छ । हालै कास्की जिल्ला मादी गाउँपालिकाको यो १२ वटै वडा मध्ये सबै भन्दा ठुलो वडा भित्रको पनि सबै भन्दा ठुलो गाउँ हो सिक्लेस र यो बर्ष नेपाल सरकारबाट साँस्कृतिक गाउँको साथै पर्यटकिय गाउँ÷क्षेत्र घोषणा भई सकेको छ र यसै वर्ष देखि सोहि अनुसार कार्यक्रमहरु सिक्लेसमा अगाडी बढिरहेको अवस्था छ ।

गुरुङ्गहरुको एक ऐतिहाँसिक र रमणिय पर्यटकिय गाउँ हो सिक्लेस । नेपालमा पर्यटकको मुटु मानिने पोखरादेखि उत्तरपूर्वी भाग अन्नपूर्ण हिमश्रृखलाको काखमा अवस्थित सिक्लेस गुरुङ्ग समूदायकै मुटु मान्न सकिन्छ । सिक्लेस गाउँ सामुदि«क सतहदेखि २ हजार मिटरको उचाईमा रहेको छ । गुरुङ्ग समूदायको मौलिक परम्परा, संस्कार–संस्कृति, रितिथिति, रहन सहन, भेषभूषा जस्ता सामाजिक मूल्य मन्यतामा आधारित समाजको अभ्यास नै सिक्लेस गाउँको विशेषता मान्न सकिन्छ । गुरुङ्ग समूदायको मौलिक इतिहासलाई कायम राख्न मात्र नभई त्यसलाई विकास र विस्तार गर्नूृको साथै सिक्लेसको भौगोलिक संरचनाले पनि यसलाई उच्चस्तरमा राख्न सफल भएको पाइन्छ । ठुला–ठुला चौर झारी, पहाड, पखेरो झरना,छाँगा, नदी नाला, हिमश्रृखला, हरिया बनजंगल र मौसमी फूलहरु जस्ता प्राकृतिक सम्पदाले सिक्लेसलाई सजाउदै विश्वसामु चिनाएको छ । यसैगरी परम्परागत सामाजिक संरचना, मौलिक, भेषभुषा, खानपिन, सामाजिक र कृषि संगठन, खेती किसान र पशुपालन पनि सिक्लेसको लागि उत्तिकै मजवुद र सिक्लेस गाउँको वरिपरि चारैतिर विभिन्न सिमिभूमि, देवीदेउराली तथा पूजणिय स्थलहरु छन् भने ह्येउरा सिमिभूमि यहाँको मूल प्राकृतिक पूजा स्थान हो ।

पोखरादेखि हिडेर कम्तीमा एकदिन लाग्ने सिक्लेस जान अहिले दुई वटा छुट्टाछुट्टै गाडीको बाटो भएर पनि जान सकिन्छ । सिक्लेसको दक्षिणतिर अर्को रमाइलो र सुन्दर गाउँ ताङ्गतिङ्ग, पश्चिमतिर पार्चे, खिलाङ्ग, तप्राङ्ग, उत्तरतिर विशाल अन्नपूर्ण हिमश्रृखला र पूर्वतिर कोरी, म्ह्युच्या, फँुलूँ जस्ता खुल्ला खर्कका साथै गुरुङ्ग समूदायकै ऐतिहासिक र पूरातात्विक राज्य क्वोला पर्दछ । प्राकृतिक र भौगोलिक हिसाबले धप्राङ्गथर, लामाथर, हर्पूथर, सभाथर, कोँइथर र गैरीथर गरी ६ ओटा टोलमा रहेको सिक्लेस राजनैतिक वा प्रशानिक रुपले ५ ओटा टोलमा विभाजन गरिएको छ । पछिल्ला स्थानिय तहको तथ्याङ्क अनुसार करिव ४५० घरधुरि रहेको सिक्लेसलाई सात सय सिक्लेस भनेर पनि चिनिन्छ । यहाँको जाति÷समूदायमा गुरुङ्गको संख्या बहुल्य छ भने विश्वकर्मा र परियारहरु पनि केही मात्रमा छन्।

सिक्लेस गाउँमा खानेपानी र बाटोघाटोको राम्रो व्यवस्था छ भने स्थानिय ङ्कच खोलाबाट उत्पादित विद्युतले विगत २५ वर्षदेखि २४ घण्टा उज्यालो दिइरहेको छ । सरकारी संस्थाहरुमा मादी गाँउपलिका वडा नं.१ को वडा कार्यलाय संचालनमा छ भने साथै स्वास्थ्य क्षेत्रमा सिक्लेस उप–स्वास्थ्य चौकी पनि छ छिट्टै सुविधासम्पन्न स्वास्थ्य चौकी संचालनको तयारीमा छ । वि.स २०१३ सालमा प्रा.वि. स्तरमा स्थापना भएको श्री अन्नपूर्ण विद्यालयमा हाल मा.वि. स्तरमा पठनपाठन भइरहेको छ । यसैगरी गैरसरकारी संस्थाहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति, स्थानिय स्तरमा क्रियाशिल सिक्लेस युवा क्लव, मादीखोला महिला विकास संघ, सिक्लेस विकास सरोकार समुह र अनौपचारिक रुपमा आमा समूहहरु क्रियाशिल छन् भने सिक्लेस गाउँ माथि पर्यटकिय गन्तव्यको रुपमा सिक्लेस पार्कको निर्माण भएको छ । लोपोन्मुख भईसकेका पौराणिक सामग्रीहरुको संरक्षण तथा जगेर्ना गर्नेको लागि स्थानिय संग्रहालय इकोम्युजिक सिक्लेस बि.स.२०७१ साल देखि संचालन गदै आईरहेको छ । गाउँको मुख्य पेशा गुरुङ्गहरुको परम्परागत कृषि पेशा र पशुपालन नै हुन् भने १५ वटा होटेल,२१ वटा होम स्टे र नगन्य मात्रमा व्यापार व्यवसाय पनि छ ।

यसैगरी भारत, वृटिश सेना, खाडी मूलक र अन्य मूलकहरुमा रोजगारका लागि पनि लागेका छन् । सिक्लेस परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा ( रेँका ), बख्खु र मान्द«ो, भकारी, डोको, डालो, नाम्लो गुन्द्री उत्पादनमा पनि प्रख्यात छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!