छायाँ सरकार बनाउने कांग्रेसको निर्णय, मन्त्रालय रोजेर नाम पेश गर्न सांसदहरुलाई आग्रह

SHARE:

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिए ।
कांग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रहसमेत गरेको छ । थापाका अनुसार एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सक्नेछन् ।

‘छायाँ सरकार बनाउने भन्ने पहिले देखिकै निर्णय हो’, उनले भने, एक जनाले तीन वटा मन्त्रालय रोजेर नाम दिने छायाँ सरकार बनाउने भन्ने निर्णय भयो ।’

अघिल्लो साता शंखमूलको एक पार्टी प्यालेसमा कांग्रेस पदाधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवातिर हेर्दै सभापतिको छायाँ सरकारले काम गर्न नसकेको बताएका थिए ।

नेता पौडेलले हाँस्दै छायाँ सरकार बनेको तर त्यसले काम गर्न नसकेको बताएका थिए । पौडेलको भनाइ थियो, ‘प्रतिपक्षको भूमिका कमजोर भयो कि भन्ने प्रश्न उठेको छ । अब हाम्रो सभापतिजीले संसदीय दलमा छायाँ सरकार बनाएको, त्यो सरकारले काम गर्न सकेन ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!