ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा बम विष्फोट

SHARE:

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएका ३ जनाकै परिचय खुलेको छ ।

घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर छ । उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । हाल घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु खटिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ ।

बिष्फोट भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!