प्रचण्ड भन्छन्, ‘सबै छोडेर खेती गर्न हिँडु कि भन्या जस्तो पनि हुन्छ’

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग विकास बिना मुलुक सम्मृद्ध हुन नसक्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित भक्तपुर तरकारी तथा फलफूल बजारको सनिबार उद्घाटन गर्दे अध्यक्ष प्रचण्डले कृषि उत्पादकत्व वृद्धिमा जोड दिएका हुन् ।

कृषिमा आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरण नै सम्मृद्धिको मुख्य आधार भएको भन्दै उनले कृषि उत्पादकत्व वृद्धि गर्न विज्ञान प्रविधिको प्रचुर प्रयोग गर्नुपर्ने आवश्यकता औल्याए । कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै उत्पादक र उपभोक्ताको दुरी घटाई उत्पादन बढाउने विषय महत्वपुर्ण रहेको भन्दै उनले कृषिलाई उद्योग र व्यवसायको रुपमा विकास गर्नु जरुरी रहेको बताए ।

उनले शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर कृषि उत्पादनलाई गुणात्मक ढंगले वृद्धि गर्न तर्फ ध्यान केन्द्रीत गर्नुपर्ने बताए । कृषिमा आधारित बजेट नाम मात्रैको हुने गरेको भन्दै उनले कृषिमा आधारित उद्योगको विकास र उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाको लागि लगानी अनुदान नबढाएसम्म देशलाई सम्मृद्ध बनाउने सपना पुरा हुन नसक्ने बताए ।

शिक्षा नीति प्रविधिमैत्री र उत्पादनमुखी नभएका कारण वेरोजगार उत्पादन गर्ने काम मात्रै भएको भन्दै उनले प्रविधिमैत्री शिक्षा नीतिमा जोड दिए । उने विदेशीने युवालाई मुलुकभित्रै उत्पादनमुखी कार्यमा लगाउने हो भने शिक्षामा आमुल परिर्वतन अत्यावश्यक रहेको बताए ।

प्रविधि मैत्री, जीवन उपयोगी शिक्षा नीति नभएका कारण उच्च शिक्षा आर्जन गरेपछि विदेश नै जाने प्रवृति देखिएको भन्दै उनले कृषि क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई मध्यनजर गर्दे विदेश जान भन्दा गाउमै बसेर श्रृजनात्मक काम गर्न युवाहरुलाई आग्रह गरे ।

उनले स्वदेशको सम्भाव्यता नहेरी विदेशीनेको जमात देखेर आफैँ कृषि व्यवसाय गर्न जाउँ कि जस्तो पनि लाग्ने गरेको बताए । अध्यक्ष दाहालले भने, ‘कहिले काँही त म परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर आफै खेती गर्न हिँडु कि भन्या जस्तो पनि हुन्छ । सुनको टुक्रा हामीसँगै छ । हामीसँग जति प्राकृतिक साधन स्रोत अन्त कतै पनि छैन । फेरी हामी नै गरिब । कही न कही हाम्रो सोचमा परिर्वतन ल्याउनु जरुरी छ । र यसको नेतृत्व राज्यलेनै गर्नुपर्छ ।’

उनले तरकारी तथा फलफूल बजारको सुरुवातले प्रत्यक्ष फाईदा उत्पादक र उपभोक्ताले प्राप्त गर्ने वातावरण बनेको भन्दै दुरगामी महत्वको प्रयास गरेकामा तरकारी तथा फलफुल बजार सञ्चालकलाई बधाई तथा शुभकामना दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!