नुवाकोट मिनी ट्रक दुर्घटना : २२ मृतकका परिवारलाई जनही एक लाख सहयोग

SHARE:

डिबी तामाङ
नुवाकोट । गत मंसिर २८ गते भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाएका २२ जनाका परिवारलाई जनही एक लाख राहत रकम हस्तान्तरण गरिएको छ ।
दुप्चेश्वर गाउँपालिका वडा नं। १ स्थित रामतीमा सोमबार आयोजित एक कार्यक्रममा ३ नम्बर प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले मृतकका परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जमकट्टेलले व्यवस्था फेरिए पनि हाम्रा सोंचाई र कार्यशैली नफेरिए अबको सय वर्षसम्म पनि देश विकास संभव नहुने बताए । अहिलेका काम गर्ने तरिका उही पन्चायतकालकै पाराको छ, व्यवस्था बदलेर गणतन्त्रमा आउँदा पनि पुरानै पाराको विकासे तरिकाले मुलुकको समृद्धि संभव नहुने उनको भनाइ थियो । ‘घरै पिच्छे सडक खन्ने तर जेठबाट मोटर नचल्ने, टोलैपिच्छे विद्यालय बनाउने तर पूर्वाधार र गुणस्तरीय शिक्षा नहुने स्थितिको अन्त्य हुनुपर्ने’ बताउँदै मन्त्री जमकट्टेलले अबको दिनमा एउटा वडामा एउटा बाटो होस् तर सधैंभरी आरामले मोटर गुड्न सकोस्, विद्यालय थोरै होस् तर मोटर चढेर पढ्न जाने स्थिति होस् र गुणस्तरीय शिक्षा दिन सक्नु पर्ने बताए ।

‘स्थानीय सरकारले पनि योजना निर्माण गर्दा यसरी सोचियोस’ उनको आग्रह थियो ।
कार्यक्रममा मृतकका आफन्तहरुको तर्फबाट बोल्दै पीडित राजु तामाङले राहात प्रदान गरेकोमा प्रदेश सरकारलाई आभार व्यक्त गरे । तर दुर्घटना गराउने चालक अझै फेला नपर्नुमा शंका व्यक्त गर्दै यतिका दिनसम्म चालक पक्राउ नपरेको प्रश्न गर्दै दोषि माथी कारबाही हुनुपर्ने माग गरे ।

कार्यक्रममा प्रदेश उपसभामुख राधिका तामाङले पीडितहरुलाई प्रदेश सरकारबाट राहात उपलब्ध गराउने आफ्नो बचन पूरा गर्न सकेको बताइन् । प्रशासनिक प्रक्रिया झन्झटिलो भएका कारण उद्धार र राहत कार्यमा केही ढिलो भए पनि केन्द्र, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा घाईतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सफल भएको उनले बताए । यसअघि नै संघीस सरकारले उक्त घटनाका घाईतेकाहरुका सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरिसकेका छन् ।

दुप्चेश्वर गाउँपालिकाको संयोजनमा भएको कार्यक्रममा प्रदेस सांसद बद्री मैनाली र अन्य पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!