सरकार र सीके राउतबीच भएको सम्झौता शंकास्पद

SHARE:

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षे कलंकित राजनीतिक अभ्यासका कारण देश टुक्र्याउने विखन्डनकारी तत्वको जन्म भएको बताएका छन् ।

मिडिया नेपाल कञ्चनपुरले शनिबार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकार र सीके राउतबीच भएको सम्झौता शंकास्पद रहेको बताएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा र सीके राउतले हस्ताक्षर गरेको सहमतिमा जनमत संग्रहको विषय उल्लेख नभए पनि राष्ट्र विखण्डनको विषयलाई जनताको अभिमतबाट सम्बोधन गर्ने कुरा उल्लेख गरिएकाले त्यो कदापी स्वीकार्य नहुने उनको भनाइ छ ।

अध्यक्ष थापाले सम्झौतापत्रमा सीके राउतले प्रष्ट भाषामा राष्ट्रिय अखण्डताप्रति प्रतिबद्धता नगर्नु, विगतमा देश टुक्र्याउने अभिव्यक्ति दिएको विषयमा पश्चाताप नगर्नु र आफ्ना मागलाई जनमतबाट टुंग्याउने सहमति भएको छ भन्नुले आशंका बढाएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!